News Portal

  • खोटाङको केपिलासगढी गाउँपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई पुरस्कृत ग-यो

    हिमालीसंचार संवाददाता
    २६४ पटक

    बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने दुई जना विधार्थीलाई प्रोत्साहन स्वरुप जनहि एक-एक लाख नगद पुरस्कार सहित पुरस्कृत गरेको छ।

    केपिलासगढी गाउँपालिका भित्रका सामुदायिक विधालयबाट शैक्षिक सत्र २०७८ मा एसईई दिएकामध्येमा उत्कृष्ट अंक ल्याउने छात्र-छात्रालाई गाउँपालिकाले नगद एक-एक लाख र प्रमाण-पत्र सहित पुरस्कृत गरेको हो। 

    ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पृथ्वी माध्यमिक विधालय बाक्सिलामा आयोजित कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने थर्पुडाँडा माध्यमिक विधालयमा अध्ययनरत सप्तेश्वरका छात्र रेडस्टार राई २.९० जिपिए र पृथ्वी माध्यमिक विधालय बाक्सिलामा अध्ययनरत छात्रा युनिशा राई २.८५ जिपिएलाई जनही नगद एक-एक लाख सहित पुरस्कृत गरिएको हो।

    पुरस्कृत भएका विधार्थी छात्र रेडस्टार राई र छात्रा युनिशा राई गाउँपालिका बाहिर रहेकाले उनीहरुको अभिभावकलाई गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले अभिभावकलाई प्रमाण-पत्र सहित नगद एक-एक लाख पुरस्कार प्रदान गरेका थिए। 

    आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अनुसार छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यो बर्ष एसईईमा गाउँपालिकाभरका सातवटा सामुदायिक विधालयबाट २५२ जना विधार्थीले परीक्षा दिएका थिए। 

    गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भएको थियो। उक्त परिक्षामा गाउँपालिका भित्रबाट उत्कृष्ट अंक ल्याउने विधार्थीलाई गाउँपालिकाले पुरस्कृत गरेको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...