News Portal

मोरङको रंगेलीमा जनप्रतिनिधिहरुलाई भू-वर्गीकरण अभिमुखिकरण तालिम

हिमालीसंचार संवाददाता
३४८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित रंगेली अस्पतालको सभाहलमा भू-वर्गीकरण तथा भू-उपयोग योजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू-उपयोग सम्बन्धी विवरणका बारेमा जानकारी गराएका थिए ।  वर्तमान भू-उपयोग नक्सा, भूमि प्रणाली नक्सा, माटो नक्सा,  भू-क्षमता नक्सा, जोखिम नक्सा, भू-उपयोग क्षेत्र वर्गीकरण नक्सा, भू-उपयोग वर्गीकरणका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।  

जिल्लाका स्थानीय तहहरुलाई भू-उपयोग सम्बन्धी प्राविधिक सहयोग प्रदान गरिने र सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू-उपयोग सम्बन्धी विवरणका बारेमा समेत जानकारी गराएका थिए ।  भू-बर्गीकरण ऐन २०७६ दफा ६(८) अनुसार भूउपयोग योजना तयार गर्दा देहायका क्षेत्र देखिने गरी तयार गर्नु पर्ने कुराहरु समेत जानकारी गराएका थिए ।  

औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय परियोजना, अन्तरप्रदेश फैलिएका परियोजना, संरक्षण योग्य राष्ट्रिय महत्वका प्राकृतिक तथा भौतिक सम्पदाहरू, अन्तर्राष्ट्रिय पहिचान र मानवीय आस्था बोकेका धार्मिक, सांस्कृतिक महत्त्वका स्थानहरु, विद्यालय वा अन्य शैक्षिक क्षेत्र, सड़क, स्वास्थ्य संस्था, सिंचाई कुलो वा नहर रहेको क्षेत्र, राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील स्थान, विपद क्षेत्र, वातावरणीय स्वच्छता तथा जैविक विविधता संरक्षणको लागि सुरक्षित क्षेत्रको समेत पहिचार गरेर मात्रै अगाडि बड्नु पर्ने कुरामा जोड दिएको छ ।  

कार्यालय प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, प्रशासकिय अधिकृत ओमकर न्यैपाने, नापी कार्यालय रंगेलीका  प्रमुख आनन्द देव, मालपोत कार्यालय रंगेलीका सुनिल पौडेल, वडाअध्यक्षहरुको समेत सहभागीता रहेको थियो। कार्यक्रमको सहजकर्ता विकास कुमार कर्ण, गोविन्द  घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...