News Portal

  • क्रिकेटर लामिछानेविरुद्ध बलात्कार आरोपमा काठमाडौं प्रहरी परिसरमा जाहेरी

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    काठमाडौँ – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार काठमाडौं प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन् ।

    नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला अन्तरगतको खेल खेल्न गत भदौ ६ गते राजधानीको नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी छिन् । 

    प्रहरीका अनुसार क्रिकेटर ‘लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट काठमाडौ प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता भएको छ। उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको जानकारी दिएका छन्। यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरीका एक उच्च अधिकारीले भने । प्रहरीले प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोलेका छैनन् । 

    आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको उल्लेख गर्दै भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । त्यही रात  तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन।

    इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने अहिले नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...