News Portal

नेपाल एसबीआई बैंक लिमिटेड गंगाजमुना शाखाद्वारा जनतालाई सास्ती

हिमालीसंचार संवाददाता
३७४ पटक

धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित नेपाल एसबीआई बैंक लिमिटेड शाखाले गर्दै आएको दैनिक कार्यप्रति जनता धेरै नै असन्तुष्ट छन्। अहिले आएर पालिकाको वडाअध्यक्षले नै नेपाल एसबीआई बैंक लिमिटेडले गरेको गतिविधि देखेर सामाजिक सञ्जालमा पोस्ट गरेकाे देखियाे।समाजिक सुरक्षा भत्ता पेन्सन वितरणमा हरेक टोलमा गएर  वितरण गर्न बैंकलाई अनुरोध गर्दा समेत कुनै रेस्पोन्स नदिएकाे भनेर वडा नम्बर ५ का वडाअध्यक्ष कुमार अधिकारीले सामाजिक सञ्जालमा पोस्ट गरे।

३/४ घण्टा लगाएर सामाजिक सुरक्षा भत्ता लिन बैंकमा बुढाबुढी अशक्त व्यक्ति गाडी नै रिजाब गरेर आउने समेत गरेको भेटियो।यो समस्या भनेको नेकपा एमालेको सरकार हुँदा पनि थियो र अहिले गठबन्धन सरकार आउँदा समेत समस्याको कुनै समाधान भएको छैन।

नेपाल एसबीआई बैंक लिमिटेडको केन्द्रीय कार्यलयलाई पालिका स्तर बाटै कुराकानी गर्नु पर्छ ।अन्यथा अर्को बैंकलाई निमन्त्रणा गर्नुपर्छ । जनताको दैनिक जीवन जोडिएको बाटो,विजुली, स्वास्थ्य शिक्षा,बैंक वित्तीय संस्थाहरुको सेवा सरल र सहज अनि झन्झट मुक्त हुनै पर्छ । स्थानिय निकायबाट नै यो समस्याको समाधान छिटोभन्दा छिटो हुनुपर्छ।

नेपाल एसबीआई बैंककाे विकल्पमा अर्को बैंक भएमा यस्तो समस्या आउँदैन थियो होला। पालिका स्तरबाट नै छिटै समस्याको समाधान हुनु जरुरी देखिन्छ।अशक्त बुढाबुढी टाढा-टाढाबाट आफ्नो सामाजिक भत्ता लिनको लागि आउनुहुन्छ तर दिनभरी बस्नुपर्ने बाध्यता छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...