News Portal

नेपाल एसबीआई बैंक लिमिटेड गंगाजमुना शाखाद्वारा जनतालाई सास्ती

हिमालीसंचार संवाददाता
४०९ पटक

धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित नेपाल एसबीआई बैंक लिमिटेड शाखाले गर्दै आएको दैनिक कार्यप्रति जनता धेरै नै असन्तुष्ट छन्। अहिले आएर पालिकाको वडाअध्यक्षले नै नेपाल एसबीआई बैंक लिमिटेडले गरेको गतिविधि देखेर सामाजिक सञ्जालमा पोस्ट गरेकाे देखियाे।समाजिक सुरक्षा भत्ता पेन्सन वितरणमा हरेक टोलमा गएर  वितरण गर्न बैंकलाई अनुरोध गर्दा समेत कुनै रेस्पोन्स नदिएकाे भनेर वडा नम्बर ५ का वडाअध्यक्ष कुमार अधिकारीले सामाजिक सञ्जालमा पोस्ट गरे।

३/४ घण्टा लगाएर सामाजिक सुरक्षा भत्ता लिन बैंकमा बुढाबुढी अशक्त व्यक्ति गाडी नै रिजाब गरेर आउने समेत गरेको भेटियो।यो समस्या भनेको नेकपा एमालेको सरकार हुँदा पनि थियो र अहिले गठबन्धन सरकार आउँदा समेत समस्याको कुनै समाधान भएको छैन।

नेपाल एसबीआई बैंक लिमिटेडको केन्द्रीय कार्यलयलाई पालिका स्तर बाटै कुराकानी गर्नु पर्छ ।अन्यथा अर्को बैंकलाई निमन्त्रणा गर्नुपर्छ । जनताको दैनिक जीवन जोडिएको बाटो,विजुली, स्वास्थ्य शिक्षा,बैंक वित्तीय संस्थाहरुको सेवा सरल र सहज अनि झन्झट मुक्त हुनै पर्छ । स्थानिय निकायबाट नै यो समस्याको समाधान छिटोभन्दा छिटो हुनुपर्छ।

नेपाल एसबीआई बैंककाे विकल्पमा अर्को बैंक भएमा यस्तो समस्या आउँदैन थियो होला। पालिका स्तरबाट नै छिटै समस्याको समाधान हुनु जरुरी देखिन्छ।अशक्त बुढाबुढी टाढा-टाढाबाट आफ्नो सामाजिक भत्ता लिनको लागि आउनुहुन्छ तर दिनभरी बस्नुपर्ने बाध्यता छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...