News Portal

सरकार आफ्नै भार थेग्न नसक्ने भइसक्यो : भट्टराई

५६६ पटक

विकास मरहट्टा
गोरखा – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए ।

सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा भट्टराईले भने, ‘यो सरकारले आफ्नै भार थेग्न नसक्ने भइसक्यो, यही बाटोमा हिड्यो भने भविश्य राम्रो छैन ।’

शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको तथा बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक क्रियाकलाप बढेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

बुढीगण्डकीमा कमिसनको खेल

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको आरोप लगाए । ‘आ–आफ्नो स्वार्थ पुरा गर्न आयोजनालाई भकुन्डो जस्तो बनाएर सरकार पिच्छे विभिन्न निजी क्षेत्रलाई जिम्मा दिँदै आएका छन्,’ उनले भने ।

कमिसनको खेलमा कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको उनको दाबी छ । आयोजना निर्माण भए बाबुरामले जस पाउँछ भन्ने सरकारको संक्रिण सोच रहेको भन्दै उनले यस्तो गलत ढंगले नसोच्न आग्रह समेत गरेका छन् ।

केन्द्रले अधिकार छाड्न खोजेन

नयाँ शक्तिका संयोजक भट्टराईले केन्द्रीय सरकारले आफ्नो अधिकार छाड्न नखोज्दा समस्या भएको बताए ।वित्तिय आयोग बनाएर तीन तहको सरकारलाई अधिकार वाँडफाँट गर्न नसकेको उनको भनाइ छ ।

‘संघीयता भनेको काँक्रा चिरेजस्तो राज्यलाई चिर्न खोजेको मात्र होइन । यो भनेको केन्द्रमा रहेको अधिकार जनतासम्म पुर्‍याउने एउटा विधि हो’ उनले भने, ‘तर, आयोग बनाएर सरकारले अधिकार बाँडफाँट गर्न सकेन ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...