News Portal

ब्राउन सुगर सहित मोरङको चोप्राह सिमा नाकाबाट एक जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
२४३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ४ चोप्राह सिमा नाकाबाट एक जना युवालाई सशस्त्र प्रहरी बल रंगेलीले ब्राउन सुगर सहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल बिओपी रंगेलीले ब्राउन सुगर सहित कानेपोखरी वडा नं. ५ स्थायी ठेगाना भएको बमबहादुर सार्कीको छोरा २९ बर्षीय सन्तोष चयलकोटी भारतीय नाकाबाट नेपाल तर्फ आउदै गरेको मे १ प २६५२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेका हुन्। 

उनले मोटरसाइकलको चक्काको धरनामा लुकाई छिपाइ नेपाल तर्फ ल्याउदै गरेको २ ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर, एक थान मोबाइल र ३ सय ५० रुपैया नगद सहित सशस्त्र प्रहरी बल बिओपीले पक्राउ गरेको हो। पक्राउ परेका युवालाई इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको सशस्त्र प्रहरी बल बिओपीका रंगेली प्रमुख निगम राईले हिमालीसंचारडटकमसंग बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...