पुष्कर खड्का, रामेछाप। पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरेका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन्। अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, काभ्रे , रामेछाप, अोखलढुङ्गा लगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ।
सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पुर्व अरनिको यातायात प्रालिको रुपमा संचालन हुँदै आएको छ।