News Portal

फ्रान्समा नेपालकी सुनमाया बुढाको नया कीर्तिमान, १ सय किमी दौडमा दोस्रो स्थान

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौं – फ्रान्समा संचालित विश्व प्रशिद्ध युटिएमबी अल्ट्रा ट्रैल डुमोन्ट ब्लङ्क प्रतियोगिताको कुमेयर च्याम्पेक्स सामोनी (सिसिसी) बिधाको एक सय किलोमीटरको दौडमा महिलातर्फ नेपालकी सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छिन ।

गत शनिबार शुरु भएको दौडमा १ सय किलोमिटर लामो निर्धारित दूरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पार गरी दोस्रो स्थान कायम गरेकी थिइन्। फ्रान्सका ब्लान्डिन ल्हिरोन्डेलले ११ घण्टा ४० मिनेट ५५ सेकेन्डमा पार गरि प्रथम भएकी थिइन्। नेपालकी सुनमाया बढा ५ मिनटले पछि परेकी हुन्। त्यस्तै,  अमेरिकी एबि हलले १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान भएकी थिइन्। 

यूटीएमबी ट्रैल डु मोन्ट ब्लङ्कलाई ट्रैल रेसहरुको “वर्ल्ड कप”को रुपमा लिईन्छ। फ्रान्सको सिमोनी भन्ने स्थानमा अगस्ट २२-२८ सम्म संचालन हुने उक्त दौडमा विभिन्न बिधा तर्फ विश्वभरका करिब  ८-१० हजार धावकहरुले भाग लिदै आएका छन् । दौडको क्रममा २५३७ मिटरको अल्टिच्युटसम्म पुगि पश्चिमी युरोपको मनोरम मोन्ट ब्लन्क हिम शृङ्खलाहरु संग साक्षात्कार गर्दै स्विजर्ल्यान्ड र ईटलीको सिमा हुँदै फ्रान्सको सामोनीमा पूरा हुने गर्दछ। 

नेपालकी सुनमाया बुढा द नर्थफेस एन्डभान्चर टिमको प्रतिनिधित्व गर्दै दौडमा सहभागी भएकी हुन्। ​​बुढा र ल्हिरोन्डेल दुबैले १ सय किलोमिटरको सिसिसी दौडको पुर्ब किर्तिमान तोड्दै नया किर्तिमान कायम समेत गरेकी छिन्। नेपाल जुम्लाकी सुनमाया बुढाले गत बर्ष थाइल्यान्डमा सम्पन्न युटीएमबी वर्ल्ड सिरिज २०२१ जितेकी थिइन्।​

सुनमाया बुढाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई गत बर्षबाट  पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध समेत गरेको छ । उक्त टिमको प्रधान कार्यालय चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेको छ। 

प्रतिकृया दिनुहोस्

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...