News Portal

  • फ्रान्समा नेपालकी सुनमाया बुढाको नया कीर्तिमान, १ सय किमी दौडमा दोस्रो स्थान

    हिमालीसंचार संवाददाता
    ३१६ पटक

    काठमाडौं – फ्रान्समा संचालित विश्व प्रशिद्ध युटिएमबी अल्ट्रा ट्रैल डुमोन्ट ब्लङ्क प्रतियोगिताको कुमेयर च्याम्पेक्स सामोनी (सिसिसी) बिधाको एक सय किलोमीटरको दौडमा महिलातर्फ नेपालकी सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छिन ।

    गत शनिबार शुरु भएको दौडमा १ सय किलोमिटर लामो निर्धारित दूरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पार गरी दोस्रो स्थान कायम गरेकी थिइन्। फ्रान्सका ब्लान्डिन ल्हिरोन्डेलले ११ घण्टा ४० मिनेट ५५ सेकेन्डमा पार गरि प्रथम भएकी थिइन्। नेपालकी सुनमाया बढा ५ मिनटले पछि परेकी हुन्। त्यस्तै,  अमेरिकी एबि हलले १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान भएकी थिइन्। 

    यूटीएमबी ट्रैल डु मोन्ट ब्लङ्कलाई ट्रैल रेसहरुको “वर्ल्ड कप”को रुपमा लिईन्छ। फ्रान्सको सिमोनी भन्ने स्थानमा अगस्ट २२-२८ सम्म संचालन हुने उक्त दौडमा विभिन्न बिधा तर्फ विश्वभरका करिब  ८-१० हजार धावकहरुले भाग लिदै आएका छन् । दौडको क्रममा २५३७ मिटरको अल्टिच्युटसम्म पुगि पश्चिमी युरोपको मनोरम मोन्ट ब्लन्क हिम शृङ्खलाहरु संग साक्षात्कार गर्दै स्विजर्ल्यान्ड र ईटलीको सिमा हुँदै फ्रान्सको सामोनीमा पूरा हुने गर्दछ। 

    नेपालकी सुनमाया बुढा द नर्थफेस एन्डभान्चर टिमको प्रतिनिधित्व गर्दै दौडमा सहभागी भएकी हुन्। ​​बुढा र ल्हिरोन्डेल दुबैले १ सय किलोमिटरको सिसिसी दौडको पुर्ब किर्तिमान तोड्दै नया किर्तिमान कायम समेत गरेकी छिन्। नेपाल जुम्लाकी सुनमाया बुढाले गत बर्ष थाइल्यान्डमा सम्पन्न युटीएमबी वर्ल्ड सिरिज २०२१ जितेकी थिइन्।​

    सुनमाया बुढाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई गत बर्षबाट  पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध समेत गरेको छ । उक्त टिमको प्रधान कार्यालय चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...