
युवा राई/हङकङ – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आज ग्याङ फाईट हुदा सोमवार विहान एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ। आज बिहान करिब ४ः०० बजे ३५ वर्षीय पाकिस्तानी नागरिकलाई याउ मा’तेइको जोर्डन रोडमा रहेको न्यू लक्कि हाउसबाट बहिर निस्कने बितिक्कै ४ जना युवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो।
जोडर्नमा भएको झडपमा २ जना युवाले धारिलो चक्कनु प्रहार गरेका थिए। घाइते भएका पिडीत करिब १ सय मिटरसम्म भाग्ने प्रयास गर्दा गर्दै पार्केस स्ट्रिटको जंक्शनमा ढलेको स्थानीय संचार माध्यमहरुले जनाएको छ । धाइते युवाको क्विन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनास्थलमा रगतको दाग, कोट र रगतले लतपतिएको एकजोडी चप्पल घटना स्थलमा भेटिएको छ। अहिले घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि थप प्रमाणहरू जुटाई रहेको छ। प्रहरीले सीसीटीभी फुटेजको अनुसन्धान गरिरहेको छ। घटनालाई प्रहरीले हत्याको रूपमा वर्गीकृत गरेको छ। याउ चिम जिल्ला प्रहरी जासूसहरुले घटनामा संलग्नहरुको थप अनुसन्धान र खोजी गरिरहेको छ।