News Portal

काठमाडौका मेयर सडकमा मेयर शाहले भने- तपाईको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग झोक्किए।

बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा सञ्चालक शर्मा नमानेपछि उनीसंग मेयर शाह झोक्किएका हुन् ।

घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए । अल्फाबिटा कम्प्लेसका संचालकले आफु वकिलसंग आउने जबाफ दिए। 

अल्फाबिटा कम्प्लेस संचालकले त्यसो भन्दा शाहले झोक्किँदै ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै कराएका थिए । त्यसपछि ती घरबेटीले मेयर शाहलाई जनप्रतिनिधि भएर थर्काएको भन्दै आरोप लगाएपछि मेयर शाह शान्त भएका थिए । महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न नयाँ बानेश्वरस्थित बिजुलीबजार परिसर पुगेका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।

काठमाडौं महानगरले एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।

मेयर शाहले नियमविपरीत बेसमेन्ट भाडामा लगाउने दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । उनले व्यवासयीहरूलाई सम्बन्धित घरबारे थाहा नहुने र त्यसको सम्पूर्ण विवरण दिने जिम्मेवारी घरबेटीकै हुने जनाएका छन् । महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने बताएको छ। 

प्रतिकृया दिनुहोस्

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...