News Portal

ताप्लेजुङमा ढुङगाले लागेर स्काभेटर खोलामा खस्यो, चालक भागेर बाँच्न सफल

हिमालीसंचार संवाददाता
३१३ पटक

सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङमा पहरो फुटाउने क्रममा रहेको स्काभेटर मेसिन पल्टिएर कावेली नदीमा झरेको छ । कावेली ३ हाइड्रो पावर कम्पनीको मेसिन बुधबार खोलामा खसेको हो ।

स्थानीय यामनाथ बुढा क्षेत्रीका अनुसार काम गरेको स्थानदेखि करिब पाँच सय मिटर तल नदीको बीचमा पुगेर रोकिएको छ । हाइड्रो पावर कम्पनीका प्रबन्धक राजेन्द्र भारतीका अनुसार स्काभेटर खस्दा चालक विकास थापा भाग्न सफल भएका छन् । ‘काम गर्दैगर्दा माथिबाट पहरो फुटेर झरेछ,’ भारतीले भने, ‘त्यसले मेसिन पल्टाएपछि विकास उफ्रेर भाग्न सफल हुनुभयो ।’ सामान्य घाइते भएका उनको तेल्लोक प्राथमिक उपचार केन्द्रमा उपचार गराइएको भारतीले बताए ।

यही नदीबाट बिजुली निकाल्नका लागि आवश्यक सडक खन्ने क्रममा रहेको भारती बताउँछन् । यस ठाउँमा कावेली भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीको मेसिनले काम गरिरहेको थियो ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...