News Portal

मोरङ रंगेलीको मिनिल्याण्ड बोर्डिङ स्कुले तिजको अबसरमा शिक्षिकाहरुलाई दर खुवाए

हिमालीसंचार संवाददाता
३१२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुल रंगेलीले उक्त विधालयमा कार्यरत शिक्षिकाहरुलाई दर खुवाएर तिज मनाएका छन । शिक्षिकाहरुलाई प्रत्येक बर्ष हिन्दु धर्मालम्बी महिलाहरुको महान चाड  हरितालिका तिजको उपलक्षमा मिष्ठान्न परिकार बनाएर खान दिई, शिक्षीकाहरुलाई तिजको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरी सामुहिक रुपमा तिज मनाएका हुन्।

बिधालय प्रशासनले तिजको उपलक्षमा हिन्दु परम्परा अनुसार दर खुवाएर तिज मनाएका हुन्। बिधालयले प्रत्येक बर्ष बिधालयमा कार्यरत शिक्षिकाहरुलाई मनोरञ्जन होस् भन्ने हेतुले आफ्नो बिधालयमा काम गरेर अन्य बिधालय गएका शिक्षिकाहरुलाई समेत आमन्त्रणा गरी सामुहिक रुपमा तिजको अबसरमा दर खुवाउदै आएको बिधालयका प्रिन्सिपल विकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए। 

विगत १० बर्षदेखि अध्यापन गराउदै आएका शिक्षिका अम्बिका पोख्रेलका अनुसार बिधालयले बर्षौदेखि तिजको अबसरमा बिधालयमा कार्यरत शिक्षिकाहरुलाई एउटै स्थानमा राखेर मनोरञ्जन प्रदान गर्दै आएको छ। बिधालयको यो कार्य सकारात्मक रहेको बताए। निकट भविष्यमा समेत निरन्तरता दिने विश्वास व्यक्त गर्दै बिधालय प्रशासनलाई यो कार्यक्रमको लागि धन्यपाद साथै आभार व्यक्त गरिन्। 

प्रतिकृया दिनुहोस्

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...