News Portal

हङकङको पिकमा संचालित पिक ट्राम शनिबारदेखि पुन: संचालनमा आउने

हिमालीसंचार संवाददाता
२५३ पटक

युवा राई/हङकङ – हङकङको पिक ट्राम शनिबारदेखि संचालनमा आउने भएको छ। पिक ट्रामले सेवा शुल्क बृद्धि गर्ने भएको छ। संचालकका अनुसार; नया सेवा शुल्क ७० प्रतिशतले वृद्धि हुने भएको हो । कोरोना महामारीको कहरपछि ट्रामको स्तरोन्नति गर्न करिब ८० करोड हङकङ डलर खर्च भएकाले ट्रामको सेवा शुल्क वृद्धि गर्नुपरेको सञ्चालकले जनाएको छ।

हङकङको पिक स्थित संचालित ट्राम सेवा १३४ वर्ष पुरानो सन्  १८८८ देखि संचालनमा आएको हो । नयाँ ट्राममा एक पटकमा २१० जनासम्म यात्रु चढ्न सक्ने संचालकले बताईएको छ । एक जना यात्रुको नया सेवा शुल्क ८८ हङकङ डलर पर्ने भएको छ। यसअघि उक्त सेवा शुल्क ५२ हङकङ डलर मात्र थियो। 

ट्राम सञ्चालक कम्पनी पिक कम्प्लेक्सका महाप्रबन्धक मे साङ यिङ मेइले महामारीका कारण अत्यधिक खर्च भएको कारण शुल्क बृद्धि गर्नु परेको बताए। ‘महामारीका कारण निर्माण, खरिद र बन्दोबस्तीमा विलम्ब भयो । त्यही भएर उक्त खर्च नयाँ मूल्यले उकास्ने छ,’ साङले भने। टिकटको मूल्य बृद्धि गरिएर पनी सेवा सुविधा थपिएको छ।  त्यसैले पर्यटकलाई आकर्षित गर्नेमा साङ ढुक्क छन्। विशेष गरी चीनसँगको सीमा खुलेपछि पर्यटक बढ्ने उनको विश्वास छ।

विशेषत यात्रुलाई दृश्यावलोकनको लागि ट्रामको झ्याल फराकिलो पारिएको छ। स्टेसन सूचना दिन ठुला स्क्रिन जडान गरिएको छ। ट्रामकारको मर्मत र स्तरोन्नतिका अलावा सेन्ट्रल टर्मिनसमा पनि सुधार हुदैछ। ट्राममा चढ्न सजिलो होस् भनेर लिफ्ट सिस्टम राखिएको छ। पुन: संचालनमा आउन लागेको पिक ट्राम हङकङमा सन् मे १८८८ देखि संचालनमा आएको थियो।एससीएमपी

प्रतिकृया दिनुहोस्

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...