News Portal

  • दरौदी नदीमाथि निर्मणाधिन पुलबारे अख्तियारको चासो

    हिमालीसंचार संवाददाता
    २६६ पटक

    गोरखा – पहुँचका भरमा सडकबिनै बनेको पक्की पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सडकले नजोडेको स्थानमा सिरानचोक गाउँपालिका वडा नं. ५ जरेवर र गोरखा नगरपालिका वडा नं. ३ नारेश्वर जोड्ने दरौदी नदीमाथि बनेको पुलबारे अख्तियारले छानबिन अघि बढाएको हो ।

    गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बजेट व्यवस्था गरेर पुल निर्माण गरेको हो। अख्तियारको केन्द्रीय कार्यालयबाट आएको प्राविधिकसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरिसकेको छ । पुल निर्माणको योजना कार्यान्वयन गर्ने पूर्वाधार कार्यालयसँग पनि प्रमाणित कागजातसहितको फाइल झिकाएको अख्तियारले जनाएको छ । 

    स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन समयका केही कर्मचारीसँग सोधपुछ गर्ने अख्तियारको तयारी छ । छानबिनका क्रममा रहेका हुनेले अख्तियारले यस विषयमा बढी खुलाउन चाहेन । पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले अख्तियारले मागेअनुसारको विवरण पठाइसकेको जानकारी दिए । 

    अख्तियारको टोलीले पूर्वाधार कार्यालयसँग योजना सुरु हुँदाको प्रक्रियाबारे पनि जिज्ञासा राखेको उनले बताए। जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौदी नदीमाथि ५ करोड ३९ लाखको लागतमा पुल निर्माण भएको छ । पुलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

    २०७७ जेठमा निर्माण सुरु भएको पुल आगामी पुस महिनासम्म निर्माण सम्पन्न हपने लक्ष्य छ । पुल निर्माण सम्पन्न हुने चरणमा पुग्दासम्म दुवैतर्फ सडकले पुललाई जोडेको छैन । नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक आइपुगेको छ । सडकबिनै पुल बनेको भन्दै सर्वत्र चासो र आलोचना भएपछि नारेश्वरतर्फ पुल र सडकबीचमा रहेको झाडी फाँडिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...