News Portal

मोरङको रंगेली नगरपालिकालाई किसान संघ रंगेलीले बुझाए ज्ञापन पत्र

हिमालीसंचार संवाददाता
२१९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङमा नेपाल किसान संघ रंगेली नगरपालिका कार्य समितिले रंगेली नगरपालिकालाई ज्ञापन-पत्र बुझाएका छन । किसान संघले  प्रतिकूल मौसम तथा नेपाल सरकारको कारण कृषिक्षेत्रबाट आश्रित कृषकहरुको समस्या दिनप्रतिदिन जटिल बन्दै गरेको भन्दै संघले नगरपालिकाको ध्यानाकर्षण गराएको हो।  

ज्ञापन पत्रमा उन्नतवादको व्यवस्थापनमा भएको कमि कमजोरी प्रतिकुल मौसम अनुसारको सिचाईको प्रबन्ध उत्पादित वस्तुको भण्डारण, विक्रीवितरण तथा बजारीकरणको उचित व्यवस्थापन नहुनु, प्रतिकुल मौसमबाट क्षेत्रमा पर्न गएको क्षतिपुर्ती तथा विमाको व्यवस्था हुनुपर्ने, कृषि कर्ममा लागेका किसानहरुको पहिचान अनुसारको उत्पादन हुने भूमिको पहिचान गरी त्यसको अभिलेखिकरण हुनुपर्ने, सहूलियत दरमा पाएको सामाग्रीको अनुगमन अवलोकन हुनुपर्ने, समय अनुसार बाली अनुसारको तालिम भ्रमण जस्ता पूरक कार्यको व्यवस्थापन हुनुपर्ने, पशु कृषि वाली प्राविधिकहरु, उन्नत कृषि औजार, आधुनिक प्रविधियुक्त जस्ता महत्वपूर्ण कार्यक्रमहरुको समुचित व्यवस्थापन हुनुपर्ने जस्ता माग समेत राखिएको छ । 

नेपालमा संघीयता लागु भए यता सम्पूर्ण अधिकार स्थानीय निकायलाई प्राप्त भई स्थानीयको दोस्रो निर्वाचन समेत हालै सम्पन्न भई स्थानीय सरकार निर्माण भई सकेको अवस्थामा पनि कृषि तथा किसानहरुको माग तथा आवश्यक्ता  पहिचान गरी देशको आर्थिक अवस्था अगाडि बडाउन समेत आग्रह गरिएको छ।  किसान संघका रंगेली सभापति जगर्नाथ मंण्डल, हरि खनाल र मचिन्द्र कटुवाल, रबिन्द्र यादव लगातले नगर प्रमुख दिलिप बगडियालाई ज्ञापन पत्र बुझाएका हुन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...