News Portal

काँग्रेस प्रवक्ता शर्मा १२ लाखको औषधि र ८ जना डाक्टर लिएर पुगे झापा

हिमाली संचार संवाददाता
८९३ पटक

झापा : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र ८ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन ।

शर्माको सुझावमा झापा कांग्रेसको १ नम्बर क्षेत्रीय समिति र बुद्धशान्ति गाउँसमितिले शिविर आयोजना गरेको हो । ९० वर्षका उजिरमान दाहाल र ८६ वर्षकी टंकमाया दाहालको स्वास्थ्य जाँच गर्दै शिविर उद्घाटन गरिएको थियो । गाउँमा विशेषज्ञ डाक्टरको सेवा पाएपछि स्थानीय खुशी भएका छन् ।
शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसूति, छाला तथा यौन रोगका गरी ८ जना डाक्टरले स्वास्थ्य परीक्षण गरेका थिए ।शिविरस्थलमा ल्याब र छुट्टै एचआइभी परीक्षण गर्नेसमेत व्यवस्था गरिएको थियो ।२ वर्षअघि पनि शर्माले झापामै प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव गराएका थिए ।हाम्रोडक्टरन्यूज

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...