News Portal

काँग्रेस प्रवक्ता शर्मा १२ लाखको औषधि र ८ जना डाक्टर लिएर पुगे झापा

हिमाली संचार संवाददाता
८४५ पटक

झापा : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र ८ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन ।

शर्माको सुझावमा झापा कांग्रेसको १ नम्बर क्षेत्रीय समिति र बुद्धशान्ति गाउँसमितिले शिविर आयोजना गरेको हो । ९० वर्षका उजिरमान दाहाल र ८६ वर्षकी टंकमाया दाहालको स्वास्थ्य जाँच गर्दै शिविर उद्घाटन गरिएको थियो । गाउँमा विशेषज्ञ डाक्टरको सेवा पाएपछि स्थानीय खुशी भएका छन् ।
शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसूति, छाला तथा यौन रोगका गरी ८ जना डाक्टरले स्वास्थ्य परीक्षण गरेका थिए ।शिविरस्थलमा ल्याब र छुट्टै एचआइभी परीक्षण गर्नेसमेत व्यवस्था गरिएको थियो ।२ वर्षअघि पनि शर्माले झापामै प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव गराएका थिए ।हाम्रोडक्टरन्यूज

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...