News Portal

  • दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुल्यो

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    पुष्कर खड्का/रामेछाप – दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुलेको छ । ड्याम साइडमा फेला परेको शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रविन कार्की रहेको प्रहरीले पुष्टि गरेको छ ।

    मृतक कार्की गत असार ७ गते विगु गाउँपालिका वडा नम्बर -१ देउरालीमा बाटो बनाउने क्रममा भिरबाट लडेर बेपत्ता भएका कार्कीको शव हिजो आइतबार गोताखोरको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी निरिक्षक राजेश सिक्देलले जानकारी दिए। प्रहरी निरीक्षक सिक्देलले दिएको जानकारी अनुसार उक्त शव अहिले पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको र कार्कीको परिवार आएपछि शव बुझाइने बताए। 

    त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका रमेश बस्नेत बोटिङ् गर्ने क्रममा माथिल्लो तामाकोशी जलविद्युत प्राधिकरणको ड्यामसाइड्मा गत साउन २२ गते बेपत्ता भएका बस्नेतको खोजीको लागि पुगेको गोताखोरको टोलीले आइतबार कार्कीको शव फेला पारेको दोलखा प्रहरी जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...