News Portal

  • धरानका मेयर हर्क साम्पाङलाई स्कटल्याण्डबाट साइकल उपहार!

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गत शनिबार निशाने खोलामा स्कटल्याण्ड बसोबास गर्दै आएका मेयर साम्पाङका सपोर्टसले साइकल उपहार दिएका छन्। 

    स्कटल्याण्डबाट मेयर साम्पाङलाई साइकल उपहार दिने व्याक्तिले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेका मेयर साम्पाङले बताए। कोहि मान्छे धेरै दिन्छन् तर त्यस्ता महान व्याक्तिहरु पर्दा पछाडि बस्न रुचाउने हुन्छन्। कोहि चाहि थोरै दिएर धेरै प्रचार गर्न रुचाउने हुन्छन् उनले भने। मेयर साम्पाङले निशाने खोलामा ५५ हजार बराबरको साइकल उपहार पाएको बताएका थिए। तर, आज आइतबार विहानको सामाजिक संजाल फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ६० हजार बराबर मुल्य रहेको उल्लेख गरे। 

    मेयर साम्पाङले स्टाटसमा भनेका छन्; “छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो ! अस्तिको दिन स्कट्ल्याण्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनु भयो यो ६०,०००/- रुपैयाँ बराबरको साइकल ! अब साइकल प्रतियोगिता आयोजना गर्नु पर्ला पर्यटनको तहत !” 

    धरानको निशाने खोलामा साइकल उपहार ग्रहण गर्दै अब नगरपालिका आउन प्रयोग गर्नु पर्ला, होइन भने हप्तामा एक दिन साइकल चढ्ने बताएका थिए। तर, आज भने मेयर साम्पाङले ‘साइकल प्रतियोगिता आयोजना गरी धरानमा पर्यटन’  विकास गर्ने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...