News Portal

धरानका मेयर हर्क साम्पाङलाई स्कटल्याण्डबाट साइकल उपहार!

हिमालीसंचार संवाददाता
३०९ पटक

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गत शनिबार निशाने खोलामा स्कटल्याण्ड बसोबास गर्दै आएका मेयर साम्पाङका सपोर्टसले साइकल उपहार दिएका छन्। 

स्कटल्याण्डबाट मेयर साम्पाङलाई साइकल उपहार दिने व्याक्तिले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेका मेयर साम्पाङले बताए। कोहि मान्छे धेरै दिन्छन् तर त्यस्ता महान व्याक्तिहरु पर्दा पछाडि बस्न रुचाउने हुन्छन्। कोहि चाहि थोरै दिएर धेरै प्रचार गर्न रुचाउने हुन्छन् उनले भने। मेयर साम्पाङले निशाने खोलामा ५५ हजार बराबरको साइकल उपहार पाएको बताएका थिए। तर, आज आइतबार विहानको सामाजिक संजाल फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ६० हजार बराबर मुल्य रहेको उल्लेख गरे। 

मेयर साम्पाङले स्टाटसमा भनेका छन्; “छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो ! अस्तिको दिन स्कट्ल्याण्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनु भयो यो ६०,०००/- रुपैयाँ बराबरको साइकल ! अब साइकल प्रतियोगिता आयोजना गर्नु पर्ला पर्यटनको तहत !” 

धरानको निशाने खोलामा साइकल उपहार ग्रहण गर्दै अब नगरपालिका आउन प्रयोग गर्नु पर्ला, होइन भने हप्तामा एक दिन साइकल चढ्ने बताएका थिए। तर, आज भने मेयर साम्पाङले ‘साइकल प्रतियोगिता आयोजना गरी धरानमा पर्यटन’  विकास गर्ने बताए।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...