News Portal

रूपन्देहीमा मृत्यु भएको मानिस पुन:जीवित गराएको सार्वजनिक भिडियोबारे अनुसन्धान हुने

हिमालीसंचार संवाददाता
५४४ पटक

काठमाडौं – रुपन्देहीमा मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा ‘जीवित’ गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले उक्त भिडियोबारे अनुसन्धान गर्ने भएको छ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताए। ‘भिडियो सार्वजनिक भएपछि हामीले यसबारे थाहा पायौं। यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ। यसबारे के रहेछ अनुसन्धान हुनेछ।’

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनःजीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडियोमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।

सार्वजनिक भिडियोमा पास्टर भनिएका राजेन्द्र गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनःजीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेका छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडियोमा प्रस्ट देखिन्छ।

सार्वजनिक भिडियोमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर ‘विभिन्न अस्पताल लगेर लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको’ भन्न लगाइएको छ। सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले ‘एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको’ भन्न लगाएका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...