
धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) युवा जोश, जागर र पृथक कार्यशैलीका कारण जनताको समर्थन र सामर्थ्या संग संगै चम्की रहेका नगर प्रमुख राईको अभियानमा धरानका विधालयहरुले समर्थन स्वरुप आफ्नो सहभागिता जनाएका छन् ।
धरानमा हरेक शनिबार धरानको वनजंगल र पकुवा, निशाने खोला, सर्दु र खर्दु खहरे खोलाको शिर वरीपरी बृक्षरोपन तथा खानेपानी व्यावस्थापनमा जनतासंगै श्रमदान गरिरहेका नगर प्रमुख राईले संचालन गरेका जनश्रमदान अभियानमा नगर प्रमुख राईको आह्वानमा धरानका डिपो र नेपाल प्रहरी गरी दुई विधालयले हिजो शनिबार आफ्नो सहभागिता जनाएको हो।
धराने जनताको बौदिक दिशा निर्देशकका कारण राजनीतिक शक्ति र संगठनले लज्जास्पद पराजयको स्वाद चखाउँदै गठबन्धनको अंकगणितलाई नराम्रो मात खुवाएका स्वतन्त्र पदका उम्मेदवारले अप्रत्याशित रूपमा नगर प्रमुख पद जितेपछि चर्चामा आएका हर्कराज राई (साम्पाङ) अहिले धरानको विकास निर्माणमा दत्तचित्त भई लागेका नगर प्रमुख राईलाई पुर्वाञ्चलबाट नै सहयोग प्राप्त गरिरहेका छन्।
धरानका नगर प्रमुख राईले शुरुवात गरेका कार्यक्रममा धरानका मात्र जनता नभएर समग्र पुर्वाञ्चलका जनता, विभिन्न संघसंस्था स्वत स्फुर्त विभिन्न प्रजातिका विरुवा, फलफूलका विरुवा र खानेपानी व्यावस्थापनका लागि जनश्रमदानमा सहभागि जनाउदै आइरहेका छन्। धराने जनतालाई नियमित रूपमा विकासका काममा श्रमदान गराउन सफल नगर प्रमुख राईको पछिल्लो समय व्यावहारमा परिवर्तन आएको समर्थकहरुको ठम्याई छ।
नगर प्रमुख राईको निष्ठा र इमान्दारितामा कसैले शंका नगरे पनि उनको कार्यशैलीको आलोचना गर्नेहरु निरन्तर बढ्ने क्रम जारी छ। उनी काठमाडौंका फोहोर व्यावस्थापनको विषयलाई लिएर काठमाडौका मेयर शाहसंग जुहारी नै चल्यो। त्यसपछि उनको व्यावहारमा समेत परिवर्तन आएको समर्थकहरुको ठम्याई छ। उनको यो उचाई र लोकप्रियता स्वात्तै घट्ने हो की भन्ने उनीहरुको उत्तिकै चिन्ता पनी छ। विशेषगरी भावनामा बगेर मिनेट मिनेटमा फेसबुक स्टाटस लेखेर यो कार्यक्रम शुरुवात गरेका राईले आफ्ना आलोचकहरूलाई चिढ्याउने र निहुँ खोज्ने काममा अपरिपक्क देखिन्छन्। उनको फेसबुक पेज अहिले 435K पुगेको छ। तर, फेसबुकले अझै प्रमाणित चिन्ह्र दिएको छैन।
नगर प्रमुख राईले राम्रो काम गरिरहेको कुरा सबैसामु स्पष्ट देखिएको छ। तर, उनको प्रशंसक र फलोअरहरूलाई नै झर्को लाग्नेगरी आफूले आफूलाई महान् देखाउने खालको स्टाटस फेसबुकमा आइराख्नुले भविष्यमा उनको लोकप्रियता कतै फेसबुके मात्र हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ। सर्दु खोलीको त्रिवेणी दोभानमा श्रमदान गर्न आएका धरान -११ का लोकराज राई, धरान १८ का अशोक राई, धरान-११ का दिलकुमार राई (जरायो) र खोटाङ केपिलासगढी सुङदेल-७ का टिकाराम राईले नगर प्रमुख राईलाई शुभकामना दिने क्रममा निशाने खोलामा यहि प्रशंगमा सजग रहन आग्रह गरे।