News Portal

धरानमा फोहोर छैन, काठमाडौको फोहोर जबसम्म उठ्दैन तबसम्म प्रहार गरिरहन्छु: हर्क साम्पाङ

हिमालीसंचार संवाददाता
५८६ पटक

धरान – धरान उपमहानगपालिकाका मेयर हर्कराज राई (सामापाङ) ले धरानको सडकमा फोहोर नभएको बताएका छन्। उनले ग्यालेक्सी फोरकेबाट प्रसारित समाचार झुटो भएको आफ्ना सामाजिक संजाल फेसबुकपेज मार्फत जानकारी दिएका मेयर राईले काठमाडौको फोहोर जबसम्म उठ्दैन तबसम्म प्रहार गरिरहने बताएका छन् । 

धरानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण गरेका भन्दै संचारकर्मीलाई समेत सत्य तथ्य समाचार प्रवाह गर्न अनुरोध गरेका थिए। उनले आज शुक्रबार विहान टि टाईममा आफ्नो फेसबुकपेज मार्फत लाइभमा बोल्दै इटहरी दुर्गन्धित भनेर आएको समचार समेत झुटो भएको बताए। धरानको जंगलमा भएको फोहोर देखार भ्रमित समाचार सम्प्रेशन गरेको बताए। 

सामाजिक संजाल फेसबुकपेज मार्फत लाइभमा बोल्दै उनले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम रहेको उल्लेख गरेका मेयर राईले धरानमा फोहोर छैन भन्दै जिकिर गरेका थिए। उनले धरानमा फोहोर छ या भेटियो भने मलाई खबर गर्नुस् म ५ मिनेटमा उठाउन लगाउँछु।’

आज शुक्रबार श्रीकृष्ण जन्माष्टमी सार्वजनिक विदा भएको हुदा ११ बजे निशाने खोला धरानका वनजंगलमा श्रम गर्न आउन धराने जनतालाई आह्वान समेत गरे। उनले यो फेसबुक लाइभ विशेष गरेर आफ्नो विरोधिहरुका लागि रहेको बताएका मेयर राईले काठमाडौंका फोहोर व्यावस्थापन नभएसम्म धरानले मात्र होइन चारै तिरबाट प्रहार गर्नु पर्ने धारणा समेत राखेका थिए। 

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...