News Portal

  • रंगेलीका मिनिल्यान्ड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमी मनायो

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    रबिन्द्र बराल/मोरङ  भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा  मिनिल्यान्ड ईङलिस बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमीको अबसरमा आफ्नो बिधालय प्राङ्गणमा श्रीकृण जन्माष्टमी मनाएको छ ।
    मोरङको रंगेली नगरपालिका वडा नं. ७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलले बिगत बर्ष झै यो बर्ष पनि कृष्ण अष्टमी भव्य  रुपमा  मनाएको हो।विश्‍वभरिका हिन्दु धर्मालम्बीहरुले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलनलाई बोर्डिङ स्कुले परम्परालाई निरन्तरता दिदै आईरहेको छ ।

    बिधालयले नर्सरीदेखि कक्षा ३ सम्मको बालबालिकाहरुलाई विभिन्न  पोषाकमा भगवान कृष्ण, राधा र गोपेनीहरु बनाएर कृष्ण उत्सव मनाएका छन ।   कुन चाडपर्वमा कस्तो मनाउने कसरी मनाउने भन्ने बिषयमा समेत व्यवहारिक ज्ञान होस् भन्दै विधालयले सबै जातजातिको पर्वहरु उतिकै महत्त्व दिदै आईरहेको छ । 

    विधालयले बालबालिकाहरुलाई ज्ञान होस् राम्रोसंग थाहा होस् भन्दै कृष्ण अष्टिम विधालयले विधार्थीहरुसंग मनाएको प्रिन्सिपल बिकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए । भगवानका रुपधारणका विभिन्न पहिरनमा अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई बिधालय प्राङ्गणमा पुर्याएका थिए। बिधालयका शिक्षक, शिक्षिकाहरुले बालबालिकाहरुलाई चाडपर्वको बारेमा बताउनुका साथै विभिन्न भजनहरुमा बालबालिकाहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...