News Portal

रंगेलीका मिनिल्यान्ड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमी मनायो

हिमालीसंचार संवाददाता
२७७ पटक

रबिन्द्र बराल/मोरङ  भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा  मिनिल्यान्ड ईङलिस बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमीको अबसरमा आफ्नो बिधालय प्राङ्गणमा श्रीकृण जन्माष्टमी मनाएको छ ।
मोरङको रंगेली नगरपालिका वडा नं. ७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलले बिगत बर्ष झै यो बर्ष पनि कृष्ण अष्टमी भव्य  रुपमा  मनाएको हो।विश्‍वभरिका हिन्दु धर्मालम्बीहरुले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलनलाई बोर्डिङ स्कुले परम्परालाई निरन्तरता दिदै आईरहेको छ ।

बिधालयले नर्सरीदेखि कक्षा ३ सम्मको बालबालिकाहरुलाई विभिन्न  पोषाकमा भगवान कृष्ण, राधा र गोपेनीहरु बनाएर कृष्ण उत्सव मनाएका छन ।   कुन चाडपर्वमा कस्तो मनाउने कसरी मनाउने भन्ने बिषयमा समेत व्यवहारिक ज्ञान होस् भन्दै विधालयले सबै जातजातिको पर्वहरु उतिकै महत्त्व दिदै आईरहेको छ । 

विधालयले बालबालिकाहरुलाई ज्ञान होस् राम्रोसंग थाहा होस् भन्दै कृष्ण अष्टिम विधालयले विधार्थीहरुसंग मनाएको प्रिन्सिपल बिकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए । भगवानका रुपधारणका विभिन्न पहिरनमा अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई बिधालय प्राङ्गणमा पुर्याएका थिए। बिधालयका शिक्षक, शिक्षिकाहरुले बालबालिकाहरुलाई चाडपर्वको बारेमा बताउनुका साथै विभिन्न भजनहरुमा बालबालिकाहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...