आज : २०२६-०६-२०, शनिबार

जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका रामेछाप खाँडादेवीका भण्डारी पक्राउ

पुष्कर खड्का रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत चितवनबाट जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन्।

फरार भएको भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सल्लाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।