News Portal

बैकिङ कसूर मुद्धामा ४२ लाख जरिवाना तोकिएर फरार रहेका रामेछापका बुढाथोकी पक्राउ

हिमालीसंचार संवाददाता
२२० पटक

पुष्कर खड्का – रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेका रामेछापका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन।

पक्राउ परेका बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनि जानी-जानी पीडितलाई झुक्यानमा पारीसेञ्चुरी बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो।

उच्च अदालत पाटनको बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र ४२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले कोटेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतको अादेशले डिल्लीबजार कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...