News Portal

रामेछापको गोकुलगंगा गाउँपालिका ठोसेमा बाढीले ५ घर बगायो

हिमालीसंचार संवाददाता
१९४ पटक

पुष्कर खड्का – रामेछापको ठोसेमा अविरल बर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा बिहिवार साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारणठोसेमा पाँच वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापलका डिएसपी राजकुमार थिङले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार ठोसे एकामफेदी बाहुन टोलका सन्तोष सन्तोष रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने ज्ञान बहादुर रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर, बगाई पूर्ण क्षति भएको छ।

त्यस्तै रमेश रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्किएको र धनलक्ष्मी गुरागाईको ३ वटा बाख्रा समेत घर भत्किदा पुरेर मरेपनि मानविय क्षति भने नभएको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी थिङले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...