News Portal

  • मोरङको कानेपोखरी गाउँपालिकामा मनोमानी मल वितरण गर्दा स्थानीयले मल पाएनन्

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित दलेली चोकमा रहेको पराजुली एग्रोभेटले मल वितरणमा नगरपालिकाको नियम कानून मिचेर मनोमानी मल विक्रीवितरण गर्दा स्थानीयले मल पाएनन्।

    मंगलबार राती कृषि सामग्रीबाट एग्रोभेटले १ सय ८० वटा टोकन वितरण गरेको थिए । एग्रोभेटले ९० बोरा युरिया मल ल्याएको थियो। गाउँपालिकाले मल वितरणका लागि व्यापारीहरुलाई मूल्य र आवश्यक नियम समेत निर्घारण गरेको छ । नगरले युरियाको  प्रतिकेजी २० रुपैयाँ र एक बोराको मुल्य ९ सय रुपैयाँ निर्घारण गरेको थियो। वडामा मल ल्याएर जुन वडामा मल  ल्याईन्छ त्यहि  वडा बासिन्दालाई मात्रै मल वितरण गर्ने निर्देशन दिएको छ ।

    तर, पराजुली एग्रोभेटले आफ्नो दोकानबाट जुन वडाको बासिन्दाले किटनाशक लगायत  सामान खरिद गरेर लैजान्छ उनीहरुलाई मल वितरण गरेको स्थानीय कृषक चुडामणी कोइरालाले हिमालीसंचारडटकमसंग बताए । कोइरालाको अनुसार आफू मल लिन जाँदा एग्रोभेट पराजुलीले भने तपाई मरोबाट केहि सामान किन्नुहुन्न तपाईलाई मल दिन नसकिने भन्दै पराजुलीले आफुलाई मल नदिएको दुखेसो पोखेका छन । 

    त्यस्तै, अर्को कृषक महेश प्रसाद चौधरीले एग्रोभेटका पराजुलीलाई अरु वडाको किसानलाई किन मल दिनुहुन्छ भनेर प्रश्न गर्दा एग्रोभेटका संचालक मोहन पराजुलीले भने मेरो पुरानो ग्राहाक हो म दिन्छु भनेर ठाडो जवाफ दिएर  फर्काएको दुखेसो पोखेका छन । 

    कानेपोखरी गाउँपालिकाको कृषि शाखाले मल बिक्रीवितरणका लागि जो सुकै व्यपारीले मल बिक्रीवितरण गर्दा आफ्नो वडाको जनप्रतिनिधिको रोहबरमा मल बिक्रीवितरण गर्नुपर्ने र मल कृषकलाई वितरण गर्दा १० बजेदेखि मात्रै बिक्री गर्ने सबै व्यपारी तथा सहकारीहरुलाई परिपत्र गरिएको भएता पनि पराजुली एग्रोभेटले भने आफू खुशी मल बिक्रीवितरण गरेको कृषि शाखा प्रमुख सागर पौडेलले बताए । 

    नगरपालिकाको परिपत्रलाई बेवास्ता गरेर पराजुली एग्रोभेटले मल वितरणको गरेको आफुले समेत जानकारी पाएको र यसरी आफू खुशी मल बिक्रीवितरण गर्ने जुनसुकै ब्यक्ति वा संस्थालाई कार्वाहीको दायरामा ल्याइने र अनुमती पत्र समेत खारेज गर्ने शाखा प्रमुख सागर पौडेलले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...