News Portal

भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोज्ने रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी कठायत मन्थलीबाट पक्राउ

हिमालीसंचार संवाददाता
२६४ पटक

पुष्कर खड्का रामेछाप –भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्ने खोजेको अभियोगमा रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पवन कठायत मन्थलीबाट पक्राउ परेका छन्।

कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

कठायतविरुद्ध बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए । फरार रहेका कठायतलाई सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो।

करीव १ महिना अघि रामेछाप जिल्ला अदालतबाट कठायतका भतिज प्रदीप कठायत र बुहारी बिनु यादवबिच सम्बन्ध विच्छेदको फैसला भएको थियो। अदालतले जर्वजस्ती आफ्नो श्रीमान् सँगको सम्बन्ध बिच्छेद गराएको भन्दै रामेछाप जिल्ला अदालत भित्रै विनु यादवले बिष सेवन गरेकी थिइन।

बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । यादवलाई उनका काका ससुरा कठायतले अदालतले आज हाम्रो पक्षमा फैसला हुँदैछ, भन्दै आफु एक्लै बसिरहेको कोठामा पसि बलात्कार गर्न खोजेको र आफु बलात्कार प्रयासबाट उम्कन सफल भएको भन्दै बुहारी यादवले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।पक्राउ परेका कठायतलाई आजै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...