News Portal

  • मोरङको रंगेलीमा रहेका वीरभद्रेश्वर महादेव र पञ्चेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड

    हिमालीसंचार संवाददाता
    २४० पटक

    रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित मुख्य बजारमा रहेको वीर भद्रेश्वर महादेव मन्दिर तथा  पञ्चेश्वर महादेव मन्दिरमा गत बर्षहरुमा झै यस बर्षपनि श्रावण महिनाको प्रत्येक सोमबार रतुवामाई नगरपालिका स्थित नुना बक्राहा खोलाबाट पवित्र जल लिएर १० किलोमिटर  टाढा रहेको रंगेली स्थित शिवालयमा भक्त जनहरुले यस बर्ष पनि प्रत्येक सोमबारका दिन जलार्पण गर्ने कार्यलाई उत्साह पुर्वक सम्पन्न गरेका छन ।

    मन्दिर व्यवस्थापन समितिले ७२ घण्टाको भजन कृतन गर्नुका साथै प्रत्येक सोमबारका दिन मन्दिर परिसरमा भजन कृतन गरेर टाढाटाढाबाट आएका श्रदालु भक्तजनहरुलाई मनोरञ्जन समेत गराएका थिए । त्यसैगरी प्रत्येक सोमबारका दिन भक्त जनहरुका लागि नुना बक्राह खोलामा  जल लिनका लागि रंगेलीमा रहेको मिनिल्यान्ड बोर्डिङ स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल बसको समेत ब्यवस्थापन समेत गरेका थिए ।   

    श्रावण महिनाको अन्तिम सोमबारका दिन रंगेलीमा रहेको मिलील्यान्ड बोर्डिंग स्कुलले सर्वतको व्यवस्था गरेको थियो ।  रंगेली नगर युवा क्लबले सर्वत तथा  मन्दिर परिसरमा स्वयंसेवक समेत परिचालन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल ट्राफिक प्रहरी समेत भक्त जनहरुको सुरक्षाको व्यवस्थापन गरेको बोलबम समितिका अध्यक्ष अनिल महेश्वरीले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...