News Portal

  • बीरेन्द्र श्रेष्ठको “माया लाग्छ निष्ठुरीको” सार्वजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ११२९ पटक

    काठमाडाैं : नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक श्रेष्ठकै आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो।

    दशैको पावन अवसर पारेर गायक तथा इन्जिनियर बीरेन्द्रको गीतमा संगीतकार गुरू बिनय वर्मा र एरेन्जर विशन मानन्धरले संगीत भरेका हुन्।

    राहुल प्रधानको निर्देशनमा बनेको भिडियोलाई चक्र महर्जनको छायाँङकन र बिजेश पौडेलको सम्पादन रहेको छ।  बिध्यमान समाजमा लोभ लालच अनि यसकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा मोडल श्रीष्टि खड्का, निर्मल खत्री तथा नव मोडल सामिप्य श्रेष्ठले आफ्नो अभिनय मार्फत प्रस्तुत गरेका छन्। सामिप्यले सोहि भिडियो मार्फत डेब्युसमेत गरेका हुन्।

    ताप्लेजुंङको सिनाममा जन्म भई दुई दशक अगाडि अर्मेनियाको बिश्व बिद्यालयबाट ईञ्जिनियरिङमा ग्रेजुयेट गरि नेपालको जलबिद्युतको बिकास निर्माणमा लागि परेका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन्।

    हालसम्म २ दर्जन भन्दाबढि गीतहरुमा स्वर भरि सकेका गायकले ‘आँखा लाउछन मैलाई सबै’ भन्ने गीतबाट मोडेल songs ले आयोजना गरेको अवार्ड कार्यक्रममा यही सन् २०१८ मै दोश्रो पटक Best SINGER LOK POP को उपाधि चुम्न सफल भएका छन्।

    आँखा लाउछन भन्ने गीतको रचना अमेरिका निवासी अम्बिका गुरुङको हो भने म्युजिक र एरेन्ज शंकर थापा र उदय राज पौडेलले गरेका हुन् । ईन्जिनियर तथा गायक बीरेन्द्रले हालसालै OS Nepal ले आयोजना गरेको दोश्रो OS NEPAL अवार्डमा समेत BEST LOK POP SINGER को उपाधि दिपक शर्माको शब्द संगीतमा अनि उदयराजको संगीत संयोजनमा बनेको ‘घर हाम्रो लेकैमा’ भन्ने गीत मार्फत पाएका थिए।

    गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...