News Portal

  • बीरेन्द्र श्रेष्ठको “माया लाग्छ निष्ठुरीको” सार्वजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ११४८ पटक

    काठमाडाैं : नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठको आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित ‘माया लाग्छ निष्ठुरीको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक श्रेष्ठकै आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो।

    दशैको पावन अवसर पारेर गायक तथा इन्जिनियर बीरेन्द्रको गीतमा संगीतकार गुरू बिनय वर्मा र एरेन्जर विशन मानन्धरले संगीत भरेका हुन्।

    राहुल प्रधानको निर्देशनमा बनेको भिडियोलाई चक्र महर्जनको छायाँङकन र बिजेश पौडेलको सम्पादन रहेको छ।  बिध्यमान समाजमा लोभ लालच अनि यसकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा मोडल श्रीष्टि खड्का, निर्मल खत्री तथा नव मोडल सामिप्य श्रेष्ठले आफ्नो अभिनय मार्फत प्रस्तुत गरेका छन्। सामिप्यले सोहि भिडियो मार्फत डेब्युसमेत गरेका हुन्।

    ताप्लेजुंङको सिनाममा जन्म भई दुई दशक अगाडि अर्मेनियाको बिश्व बिद्यालयबाट ईञ्जिनियरिङमा ग्रेजुयेट गरि नेपालको जलबिद्युतको बिकास निर्माणमा लागि परेका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन्।

    हालसम्म २ दर्जन भन्दाबढि गीतहरुमा स्वर भरि सकेका गायकले ‘आँखा लाउछन मैलाई सबै’ भन्ने गीतबाट मोडेल songs ले आयोजना गरेको अवार्ड कार्यक्रममा यही सन् २०१८ मै दोश्रो पटक Best SINGER LOK POP को उपाधि चुम्न सफल भएका छन्।

    आँखा लाउछन भन्ने गीतको रचना अमेरिका निवासी अम्बिका गुरुङको हो भने म्युजिक र एरेन्ज शंकर थापा र उदय राज पौडेलले गरेका हुन् । ईन्जिनियर तथा गायक बीरेन्द्रले हालसालै OS Nepal ले आयोजना गरेको दोश्रो OS NEPAL अवार्डमा समेत BEST LOK POP SINGER को उपाधि दिपक शर्माको शब्द संगीतमा अनि उदयराजको संगीत संयोजनमा बनेको ‘घर हाम्रो लेकैमा’ भन्ने गीत मार्फत पाएका थिए।

    गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...