News Portal

  • यो बर्ष साउनभर बोलबमले खचाखच भरियो हलेशीमहादेव

    हिमालीसंचार संवाददाता
    १९७ पटक

    खोटाङ – खोटाङ जिल्लाको त्रि-धाम हलेशीमहादेव मन्दिर पुर्वाञ्चलको चर्चित मन्दिर हो। यहि साउन महिनामा बोलबम मेलाको अवसरमा यस धाममा आन्तरिक तथा वाह्रय तिर्थयात्रुहरुको भिड बढेको छ। यस अबसरमा हलेसी महादेव परिसर दर्शनार्थीले खचाखच भरीभराउ भएको छ।

    हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ स्थित रहेको महादेबस्थानमा यहि साउन महिनाभर जल चढाउन र दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गरेको भएपनि हरेक सोमबारका दिन विशेष गरेर तिर्थयात्रीको घुइँचो लाग्ने गर्दछ। कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलसीमहादेव यसपाली बोलबमले दर्शनार्थीको भिडले ग्राहक बढ्दा स्थानीय व्यवसायी  समेत उत्साहित छन् ।

    हलेसीमहादेवमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल देखिएको छ । साउनको तेश्रो सोसमबारसम्ममा करिब ४० हजार दर्शनार्थी हलेसीमहादेव दर्शनका लागि आएको हलेसी महादेवसथान विकास समितिका सचिव सर्वधन बस्नेतले हिमालीसंचारडटकमसंग बताए । 

    मन्दिरका लागि बिहान ४ बजे खुल्ने हलेसी मन्दिरमा दर्शनका लागि दर्शनार्थी राती दुई बजेदेखि नै लाइनमा उभिने गरेका छन् । दर्शनार्थीलाई मन्दीर प्रवेश गर्न र बाहिरिनका लागि सहज बनाउन डोरी टाँगेर ‘वान वे सिस्टम’ बनाइएका छन् । भीड व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

    पुर्वाञ्चलको पशुपतिनाथ भनेर परिचित हलेसीमहादेव साउन महिनाको बोलबम मेलाको अवधिमा हलेसी मन्दिरमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, ईलाम र भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

    हलेसी दर्शन गरेपछि मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न स्थानबाट ल्याईएका जल चढाउने प्रचलन रहेको छ । हलेसीमहादेवमा देश तथा विदेशबाट आएका विशेषत हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत बसी महादेव, पार्वती र गणेश भगवानलाई दर्शनार्थीले ल्याएका जल चढाउने गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...