News Portal

दोहोर्‍याएर एउटै व्यक्तिलाई नागरिकताका लागि डबल सिफारिस गर्ने रामेछाप प्रितिका वडाअध्यक्ष सुनुवार पक्राउ

हिमालीसंचार संवाददाता
२५५ पटक

पुष्कर खड्का रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।२०७५ सालमै नेपाली नागरिकता बनाएकी,उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुःन नागरिकता लिन वडाबाट ‘नागरिकताको लागि डबल सिफारिस’ मा हस्ताक्षर गरेको अभियोगमा उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा अध्यक्ष मान बहादुर सुनुवारलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार  वडाबाट पहिलेनै नागतिकताको प्रमाणपत्र लिसकेकी निर्माला बस्नेतलाई बहिनीको ‘डकुमेन्ट’को आधारमा वडा सचिव पदमकुमारी बस्नेले तयार पारिएको डकुमेन्टमा नपढि हस्ताक्षर गरेका अध्यक्ष सुनुवार आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेत र दोहोरो जन्म दर्ता गर्न सूचना दिने उनकी आमा दिल कुमारी बस्नेत र वडा सचिवलाइ यसअघि नै प्रहरीले पक्राउ गरेको बताउनु भयो।दोहोर्याएर नागरिकता लिन खोज्ने निर्मलाको कारण पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...