News Portal

लोकसेवालाई मंसिर अघि कर्मचारी भर्ना नखोल्न सरकारको आग्रह

७७८ पटक

काठमाडौं – सरकारले दुई महिनापछि मात्रै लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले मेडिकल शिक्षा शुल्क एक वर्षसम्म नबढाउने निर्णय पनि गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख भए अनुसार मेडिकल शिक्षा शुल्क यथावत राख्ने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले नेपालको समग्र विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको आँकलन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयाजकत्वमा निर्देशक समिति पनि बनाएको छ ।

मुलुकका निम्ति आवश्यक चिकित्सक, इन्जिनियर, अर्थशास्त्रीलगायतका जनशक्ति तयार हुने गरी समग्र शैक्षिक क्षेत्रको पुनर्संरचना गर्न शिक्षा मन्त्री पोखरेल नेतृत्वको निर्देशक समिति बनाउने निर्णय गरिएको पनि मन्त्री ज्ञवालीले बताए ।

समितिलाई ६ महिनाभित्र राष्ट्रिय योजना आयोगको पञ्चवर्षीय योजनामा समावेश हुने गरी आवश्यक सुझाव तयार पार्ने कार्यादेश पनि दिइएको छ ।

मन्त्रीपरिषद बैठकले काठमाडौंको जमलस्थित परीक्षा नियन्त्रण कार्यालय रहेको ठाउँमा अत्याधुनिक भवनसहितको राष्ट्रिय पुस्तकालय बनाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी हवाई उडड्यन र पर्यटन प्रवद्र्धन सम्बन्धि विधेयक तयार पार्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई मन्त्रीपरिषद बैठकले स्विकृति दिएको छ ।

मन्त्रीपरिषद बैठकले जनकपुर–जय नगर रेलवे निर्माण कार्य सम्पन्न हुन लागेको निश्कर्ष निकाल्दै नेपालको आफ्नै रेल सञ्चालनका लागि आवश्यक कानुनी तथा संरचनागत तयारीको काम गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...