News Portal

  • वीपीका भिसी र भ्रष्टपदाधिकारी कारवाहीको माग सहित धरानमा सत्याग्रह बस्ने डा. केसीको घोषणा

    धरानमा भदौ १२ गतदेखि डा. केसी २० औं सत्याग्रह बस्ने घोषणा

    हिमालीसंचार संवाददाता
    २३० पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा रहेका वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानका भिसीसहित भ्रष्ट पदाधिकारीहरुलाई कारवाहीको माग सहित सुनसरीको धरानमा सत्यग्रह बस्ने डा. गोविन्द केसीले घोषणा गरेका छन् । 

    चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील बन्दै गइरहेकाले यो एक हिसाबले आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । हिजो शनिबार सुनसरीको धरान आइपुगेका डा. केसीले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आगामि भदौ १२ गतेदेखि २० औं पटक सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

    धरानमा डा. केसीले ६ बुँदे माग सहित सरकारले स्वास्थ्य क्षेत्रमा आपराधिक काम गरेको आरोप लगाए । उनले भने, ‘धैर्य गरेर पर्खियौं, ५ वर्ष बित्यो। तर, हालसम्म सरकारले कुनै पनि प्रतिबद्धता पूरा गरेनन्।’

    नेताहरुले कार्यकर्ता भर्ती गराउन भागबन्डा गरेर सार्वजनिक संस्थानका सम्पत्ति दोहन गर्ने, दोहन गरेको कालोधनको बलमा चुनाव जित्ने र फेरि उही लुटतन्त्र दोहोर्‍याउने प्रयत्न बाहेक दलहरुले अरु केहि नगरेको उनको आरोप थियो। उनले भने दलहरू भ्रष्टचारमा सधै तल्लीन रहेको आरोप लगाए । उनले भने, ‘नागरिकको स्वास्थ्य अधिकार संविधानमा सुरक्षित हुँदाहुँदै पनि नेताहरूले लुटिखाने धन्दा मात्र बनाए ।’

    शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकार तथा दलका नेता मन्त्रीहरूले ‘नग्न नृत्य’ प्रदर्शन गरिरहेको उनको आरोप थियो । नेपालको संविधानमा उल्लेख भए अनुरुप सर्वसाधारण जनताका लागि हरेक जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५० र स्वास्थ्य चौकीमा ३५ प्रकारका विभिन्न औषधिहरु निःशुल्क प्रदान गर्ने पाउन नसकेको र एक्सरे, रगत जाँच निःशुल्क जाँच गर्ने व्यवस्था भए पनि निजी अस्पतालले शुल्क लिएर मात्र जाच गर्ने गरेको उनको भनाई थियो । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...