News Portal

वीपीका भिसी र भ्रष्टपदाधिकारी कारवाहीको माग सहित धरानमा सत्याग्रह बस्ने डा. केसीको घोषणा

धरानमा भदौ १२ गतदेखि डा. केसी २० औं सत्याग्रह बस्ने घोषणा

हिमालीसंचार संवाददाता
२७२ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा रहेका वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानका भिसीसहित भ्रष्ट पदाधिकारीहरुलाई कारवाहीको माग सहित सुनसरीको धरानमा सत्यग्रह बस्ने डा. गोविन्द केसीले घोषणा गरेका छन् । 

चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील बन्दै गइरहेकाले यो एक हिसाबले आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । हिजो शनिबार सुनसरीको धरान आइपुगेका डा. केसीले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आगामि भदौ १२ गतेदेखि २० औं पटक सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

धरानमा डा. केसीले ६ बुँदे माग सहित सरकारले स्वास्थ्य क्षेत्रमा आपराधिक काम गरेको आरोप लगाए । उनले भने, ‘धैर्य गरेर पर्खियौं, ५ वर्ष बित्यो। तर, हालसम्म सरकारले कुनै पनि प्रतिबद्धता पूरा गरेनन्।’

नेताहरुले कार्यकर्ता भर्ती गराउन भागबन्डा गरेर सार्वजनिक संस्थानका सम्पत्ति दोहन गर्ने, दोहन गरेको कालोधनको बलमा चुनाव जित्ने र फेरि उही लुटतन्त्र दोहोर्‍याउने प्रयत्न बाहेक दलहरुले अरु केहि नगरेको उनको आरोप थियो। उनले भने दलहरू भ्रष्टचारमा सधै तल्लीन रहेको आरोप लगाए । उनले भने, ‘नागरिकको स्वास्थ्य अधिकार संविधानमा सुरक्षित हुँदाहुँदै पनि नेताहरूले लुटिखाने धन्दा मात्र बनाए ।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकार तथा दलका नेता मन्त्रीहरूले ‘नग्न नृत्य’ प्रदर्शन गरिरहेको उनको आरोप थियो । नेपालको संविधानमा उल्लेख भए अनुरुप सर्वसाधारण जनताका लागि हरेक जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५० र स्वास्थ्य चौकीमा ३५ प्रकारका विभिन्न औषधिहरु निःशुल्क प्रदान गर्ने पाउन नसकेको र एक्सरे, रगत जाँच निःशुल्क जाँच गर्ने व्यवस्था भए पनि निजी अस्पतालले शुल्क लिएर मात्र जाच गर्ने गरेको उनको भनाई थियो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...