News Portal

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिका अर्तरगत हुर्लुङ-जाल्पा सडक शुचारु

    हिमालीसंचार संवाददाता
    २६९ पटक

    खोटाङ – खोटाङ जिल्लाको हुर्लुङ–जालपा सडक खण्ड सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि उक्त सडक खण्ड सुचारु भएको हो ।

    जिल्लाको उत्तरी भेगको केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहिबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको हो। हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेश्रोपल्ट पन्छाइएको हो । 

    उक्त पहिरो पन्छाउने क्रममा लाग्ने खर्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले संयुक्त रुपमा व्यहोर्ने सहमती छ। गत १७ असार यताको वर्षाले पटक–पटक हुर्लुङ–जालपा सडक अवरुद्ध भइरहेको छ। 

    सडक ग्राभेल सुस्त: निर्माण कम्पनी रौता सुसन आदित्य जेभीले हुर्लुङ–जालपा ८ किलोमिटर सडक ग्राभेलको ठेक्का लिएको छ । २४ महिनामा पुरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो ।तर, सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । वर्षामा अवरुद्ध सडक खुलाउने जिम्मा रौता सुसन आदित्य जेभीको भए पनि बेवास्ता गरिरहेको छ ।

    रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पुर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । हुर्लुङ–जालपा सडक स्वीस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो । सो सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...