News Portal

लिखु तामाकोसी गाउँपालिका २ का वडा अध्यक्ष पौडेलले काठमाडौंमा नै पुगेर नागरिकलाई दिए सेवा

हिमालीसंचार संवाददाता
२७७ पटक

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – २ सैपुका वडाध्यक्ष सन्तोष पौडेले गाउँमा मात्र होइन काठमाडौंमा बसेका वडाका नागरिकलाई काठमाडौंमा पुगेर सेवा दिनु भएको छ।

गाउँका धेरै जेष्ठ नागरिक काठमाडौं बस्ने तर सामाजिक सुरक्षा भत्ताको लागि अभिलेखीकरण गर्न गाउँमा आउन नसक्नेलाई लक्षित गरी काठमाडौंमा नै गएर उहाँहरूलाई सेवा दिनु भएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो।अध्यक्ष पौडेलको जानकारी अनुसार जनताको लागि आफू जहाँ पुग्यो त्यहीँबाट नागरिकलाई सेवा प्रवाह गर्ने र त्यति मात्र होइन वडा कार्यालयमा आउन नसक्ने सेवा ग्राहीलाई घरमा नै पुगेर सेवा दिने र यसरी सेवा दिँदा गलत मान्छे पर्ला भन्ने डर पनि नहुने, नागरिकले सहज सेवा पनि पाउने बताउनु भयो।

वडा अध्यक्ष पौडेल केही दिन काठमाडौंमा बसोबास गर्ने वडावासीको काम गरेर फेरी गाउँ नै फर्कने उहाँले बताउनुभयो।गाउँका धेरै मानिसहरू काठमाडौं बस्छन्। ज्येष्ठ नागरिकलाई आउजाउ गर्न असजिलो हुन्छ, वर्षाको कारण बाटो पनि राम्रो छैन।उहाँहरूको आउजाउ गर्दा खर्च पनि बढी हुन्छ, म एक जना आउँदा धेरै जनाको काम बन्छ, त्यसैले म यहीँ काठमाडौ आएर उहाँहरूलाई सेवा दिएको हुँ। पौडेलले भन्नुभयो।

त्यस्तै काठमाडौं बसेका गाउँवासीले फोन गरेपछि उहाँहरूलाई घरमा नै गएर वा आफूले तोकेको ठाउँबाट सेवा दिएको र वडाको अत्यावश्यक कागजात लिन जान नसकेकालाई पनि काठमाडौँ अाएको बेला सो सेवा समेत दिएको अध्यक्ष पौडेलले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...