News Portal

  • मेयर राईको अभिव्यक्तिले आक्रोशित बराह सहकारीका पीडितद्वारा कार्यकक्षमा तोडफोड

    हिमालीसंचार संवाददाता
    ३७१ पटक

    धरान – धरानका बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्यहरु तथा बचतकर्ताहरुलाई मेयरले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि धरानका मेयर हर्कराज राईप्रति रुष्ट भएका थिए । मेयरले पिडीत सेयर सदस्यहरुलाई मलाई सोधेर पैसा राख्न दिएको हो? भने पछि सेयर सदस्यहरु आक्रोशित भएका हुन्।

    पिडीतहरुले मेयर राई विरुद्ध नाराबाजी गरे। उनको कार्यकक्षको सिसासमेत फुटाई दिए। वार्तामा बसेका पीडितहरुको प्रतिनिधिले मेयर राईले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिएपछि आक्रोशित पीडितहरुको समुह मेयरको कार्यकक्षमा पुगेका थिए ।  

    पीडितहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर राईले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर राईले सम्बोधन नगरे पछि साँझ ७ बजे सोमबार ११ बजे उपमहानगर घेराउ गर्ने उद्घोष गरेर पीडितहरु घर फर्केका थिए । नगरभित्र कुनै अप्रिय घटना नहोस भनेर  जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठ समेत घटनास्थलमा थिए।

    मेयर राईले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको प्रतिक्रिया दिएका छन् । उनले घटना लगतै फेसबुकमा विभिन्न समयमा घटनाबारे प्रतिक्रिया दिएका छन् । 

    मेयर राईले सोमबार विहान ७ः२५ मा फेसबुक लाइभमा आएर पीडितहरुलाई उक्साएर नगरपालिका घेराउ गर्ने, तोडफोड गर्ने काम निन्दनीय भएको बताए। उक्त घटना राजनीतिक षड्यन्त्र भएको बताए । उनले आन्दोलनलाई उक्साउने, तोडफोड गर्ने समुह कुनै न कुनै दलका कार्यकर्ता भएको आरोपसमेत लगाए । उनले फेसबुकमा बराह पीडितलाई उचालेर तोडपलोडको अगुवाई गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनाताको करोडौं सलाम भनेर व्यङ्गयात्मक अभिव्यक्ति पनि दिएका छन् ।  

    उनले पीडितहरुलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजिष्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहदा घेराउ, नाराबाजी र गालीगलौज भएको बताएका छन् ।  

    बराह ग्रुपका सबै कम्पनी तथा फर्मको बैंक खाता रोक्का गर्ने निर्णय: बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो ।

    कार्यदलको बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्नका लागि सोमबार पत्राचार गर्ने गरी निर्णय भएको उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । बराह कृषी तथा पशुपालन प्राली, बराह फेमेली किचन धरान, बराह मल्टीप्रपोज कम्पनी प्राली भेडेटार, बराहको नाममा रहेको बैक खाता लगायतको स्थिर सम्पत्ति, बराहको लगानी भएको हिसाबमा देखिएको सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई धरान उपमहानगरपालिकाले पत्राचार गर्ने निर्णय भएको हो । 

    कम्पनी रजिस्टारको प्रतिनिधि, संघीय सहकारीको प्रतिनिधि र धरान उपमहानगरपालिकाको प्रतिनिधि सहितको पाँच सदस्यीय कार्यदलले यस्तो निर्णय गरेको हो । उक्त समितिले धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६५ बमोजिम बराहको सबै सम्पत्ति रोक्का गर्ने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएकोले सोमबार सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

    बराह बचत तथा ऋण सहकारीले शेयर सदस्य बनाएर र गैर शेयर सदस्यबाट करिब ८ अर्ब रकम बचत कर्ताहरुलाई कुनै भुक्तानी नदिएपछि उपमहाननगरपालिकालाई प्रक्रियागत  रुपमा समस्या समाधानका लागि अघि बढाउन पीडित संघर्ष समिति बनाएर निवेदन दिएको संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बताए । तर, उपमहानगरले ढिला सुस्ती गरिरहेको अवस्थामा आइतबार आक्रोशित पीडितहरुले उपमहानगरपालिका घेराउ गरेको उनले बताए । मेयर राईको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले पीडितहरुलाई आक्रोशित बनाउने काम भएको उनले बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...

    थापाथलीमा ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

    काठमाडौं, कात्तिक १६ – काठमाडौं महानगरपालिकाले आइतबार थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउने अभियान थालेको छ।...

    आज २०८२ साल कार्तिक १६ गतेको राशिफल

    आज कार्तिक १६, २०८२ (नोभेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फोहोरमै उपचार : गंगाजमुना गाउँपालिकाको ग्रामीण अस्पतालमा सरसफाइ संकट र गैरजिम्मेवारी व्यवस्थापन

    धादिङ – गंगाजमुना गाउँपालिकामा रहेको ग्रामीण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ। बिरामी राख्ने शय्यादेखि...

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...