मन्थलीमा उपचारको लागि मेडिकल पुगेका ८ वर्षीय नाबालकमाथि डाक्टरबाटै कुटपिट

रामेछाप -पुष्कर खड्का रामेछापको मन्थली डेन्टल क्लिनिकका चिकित्सकले दात निकाल्न आएका ८ वर्षीय नाबालक माथि निर्घात कुटपिट गरेका छन्।सनिवार दात निकाल्न आएका मन्थली नगरपालिका ७ भटौली निवासी गोपाल पाण्डेका छोरा विज्ञान पाण्डेले दात निकाल्न नदिएको भन्दै झापडै–झापड् लगाएर मेडिकलका संचालक समेत रहेका रामेश्वर के.सीबाट निर्घात कुटपिट गरिएको बालकका काका हरि पाण्डेले जानकारी दिनु भयो।
उहाँको जानकारी अनुसार बच्चाको दाँत फुकाल्दा दुःख्यो भनेर रोएपछ र मुखमा ‘स्प्रे’ हालेकाले थुक्छु भन्दा केसीले कुटेका हुन् ।बालकको गालामा कुट्पिट्बाट निलडाम देखिएको छ।
बच्चाको गाला सुनिएको र गालामा निलडाम देखिएपछि बच्चाकि आमाले कुटपीट् गरेका डाक्टरलाई शोद्धबुज् गर्दा बच्चा मरेको छैन्। मरेको भए क्षेती पूर्ती दिन तयार छु। भन्ने जवाफ फर्काएको बालककी आमाले बताईन।
बालकको स्वास्थ्य परीक्षणपछि बालकमाथि कुटपिट गर्ने के.सी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरी माथी छलफलको लागि केसिलाई आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रहरीले जनाएको छ।













