News Portal

काठमाडौं महानगरले विष्णुमती किनारमा ‘यमबुद्ध पार्क’ बनाउँदै

हिमालीसंचार संवाददाता
२७७ पटक

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं १६ मा ‘यमबुद्ध पार्क’ बन्ने भएको छ। उक्त पार्क निर्माणका लागि महानगरपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ। 

लन्डनमा आत्महत्या गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन महानगरपालिकाले बजेट विनियोजन गरेको भन्दै चौतर्फी आलोचना भएको थियो।

आलोचना बढेपछि मेयर शाहले आफ्नै सेवासुविधाबाट सालिक बनाउने बताएका थिए। ​तर, यमबुद्धका अभिभावकलाई भेटेर मेयर शाहले आफ्नै तलबाट भएपनि सालिक बनाउने वचन समेत दिएका थिए। 

मेयर शाहको चौतर्फी आलोचना बढेपछि वडा नं १६ स्थित विष्णुमती किनारमा रहेको ७ रोपनी जग्गामा ‘पार्क’ बन्न लागेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। पार्कको नामकरण ‘यमबुद्ध पार्क’ भनेर प्रस्ताव गरिएको प्रवक्ता मानन्धरले हिमालीसंचारसंग बताए। 

काठमाडौं महानगरपालिकाको बजेटमा बन्न लागेको पार्कमा सालिक भने महानगरको रकमबाट नबन्ने उनले स्पष्ट पारे। ‘अहिले पार्क बनाउनका लागि बजेट छुट्टिएको हो,’ मानन्धरले भने, ‘सालिक बनाउने कुरा भएको छैन्, पार्कको नाम चाँही यमबुद्ध पार्क भनेर राखिएको छ।’ उनको स्पष्टता थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...