News Portal

काठमाडौँको शान्तिनगरबाट ६१ हजार लुटपाट गर्ने रामेछापका एक युवकसहित २ जना पक्राउ

हिमालीसंचार संवाददाता
३३३ पटक

पुष्कर खड्का– काठमाडौँको शान्तिनगरबाट रामेछापका एकजनासहित दुईजना पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय युवकको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एक युवकसहित दुई जनालाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको टोलिले बुधबार बिहान पक्राउ गरेको हो।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट घर फर्किएका ती युवकको एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म बसमा जाने क्रममा सोही बसमा सवार अपरिचित व्यक्तिले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी लुटपाट गरेको उक्त नगद रुपैया सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका २६ वर्षीय विक्रम तामाङ र ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भएका २८ वर्षीय दिनेश थापा रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...