News Portal

एक महिलामाथि एसिड छ्यापी दिन्छु भन्दै भिडियो बनाउने युवा पक्राउ

हिमालीसंचार संवाददाता
५२३ पटक

काठमाडौं – एक महिलामाथि एसिड छ्यापिदिन्छु भन्दै भिडियो बनाएर युट्युबमा भिडियो राख्ने युवालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले ती युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

प्रहरीले नवलपरासी बर्दघाट सुस्तापूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का गिरुवारी टोल बस्ने २६ वर्षीय पूर्णचन्द्र भुसाललाई प्रहरीले पक्राउ गरेको हो। 

बदमाश केटा नामको युट्युब च्यानल सञ्चालकले बाटोमा हिडिरहेकी अपरिचित एक महिलामाथि आक्रमक शैलीमा उनको मोबाइल, ब्याग,घडी र महत्वपूर्ण गरगहना लगयाद पैसा नदिएमा एसिड छ्यापी दिन्छु भनेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । 

उनले बनाएको भिडियो युटुवमा राखेपछि प्रहरीले उनलाई कावासोती नवलपरासीबाट पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिनको अनुमति लिइ अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...