News Portal

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौँ। अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो।

उम्मेदवारहरूमध्ये मुख्य दाबेदारका रूपमा अभिनेता भुवन केसी र सम्झना उप्रेती रौनियारको चर्चा दयाराम दाहालको कार्यकाल सकिएलगत्तै सुरु हुन थालिसकेको थियो।

अभिनेता केसीमाथि केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। पछिल्लो समय केसी सक्रिय राजनीतिमा आउन खोजिरहेका थिए। पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए।

दोस्रो संविधान सभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो। तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो। त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो।

गत स्थानीय तहको चुनावमा केसीलाई स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवारका रूपमा घोषणा गरेको थियो। तर केसीले भने प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताएका थिए।

गत वैशाख २० गते केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै तीन कलाकार कांग्रेश प्रवेश गरेका थिए। उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...