News Portal

  • प्रदेश नं. १ को प्रदेशसभा चौतर्फी घेराबन्दी हुदा प्रदेश संसदले गुहार मागे

    हिमालीसंचार संवाददाता
    ४५३ पटक

    विराटनगर – प्रदेश नं. १ का राजधानी विराटनगर देवकोटा चोकस्थित प्रदेशसभा भवनअगाडि राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको आह्वानमा पुर्वाञ्चलका १४ जिल्लाका पहिचान पक्षधरहरुले बृहत् प्रदर्शन गरिरहदा प्रदेशसभा सदस्य सर्वध्वज साँवाले प्रदेश नामकरणका विषयमा सांसदलाई घेराबन्दी गरिएको भन्दै गुहार मागेका छन् ।

    आइतबार प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य साँवाले प्रदेश नामकरणको विषयलाई लिएर प्रदेश सांसदलाई आफ्नै घर र बाटोमा समेत घेराबन्दी भएको बताए । ‘गुहार गुहार गुहार भन्न चाहन्छु’, छड्के छड्के परेर हामी यहाँ आइपुग्यौ। कहिले मुख्यमन्त्री धेराबन्दीमा पर्नु हुन्छ, कहिले हामी’ उनले प्रदेशसभा बैठकमा भने, ‘किनकी हामीलाई अहिले बलीको बोका, पाठा–पाठी बनाउन खोजिएको उनको दुखेसो थियो। 

    उनले अघि भने, ‘कोही समूहले भन्नुहुन्छ कोशी राख्नुहोस्, नत्र आउँदो चुनावमा पहिचानवादी आदिवासी शून्य बनाइदिन्छु, अर्को समूहले भन्छ किरात राखेनौं भने आउदो चुनावमा कोशीमा बगाइदिन्छु, हामी घेराबन्दीमा परिरहेका छौं ।’

    प्रदेशसभा सदस्य साँवाले प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरु अप्ठेरो परिस्थितिमा रहेको भन्दै प्रदेशसभा नियमावली संशोधन गरेर प्रदेश नं. १ को नामका विषयमा गोप्य मतदानको व्यवस्था गरेर समस्याको समाधान हुनु पर्ने माग गरे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...