News Portal

  • प्याज र लसुनले पनि चम्काउँछ अनुहार, यसरी गर्नुहोस् प्रयोग !

    हिमालीसंचार संवाददाता
    ८०५ पटक

    काठमाडौँ। सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्।

    यद्यपी, धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ। प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो। त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ।

    छालाको लागि वरदान प्याज !
    प्याजमा केही प्रकारको भिटामिन हुन्छ। यो एन्टी अक्सिडेन्टको खजाना पनि हो। यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ। यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ।

    कसरी प्रयोग गर्ने ? 
    प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ। तपाईं चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस्। यसलाई पिसेर फेसप्याक बनाएर पनि लगाउन सकिन्छ।

    रुखोपन हटाउने लसुन ! 
    लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ। यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ। यसले डन्डीफोर हटाउन पनि सघाउँछ।

    कसरी गर्ने प्रयोग ? 
    नियमित रुपमा एक वा, दुई केस्रा लसुन सेवन गर्न सक्नुहुनेछ। यसले अनुहारको छालामा निखार ल्याउनुका साथै पेट सम्बन्धी कतिपय समस्या पनि हटाउँछ। लसुनको रस वा पेस्ट बनाएर प्रयोग गर्दा अनुहारको रुखोपन हट्छ।

    फेसप्याक बनाउने विधि !
    लसुनको ५ वटा केस्रा र एउटा प्याजलाई पानीमा सफा गर्ने। त्यसलाई मिक्सरमा राखेर पिस्ने। अब यो पेस्टलाई अनुहारमा लगाउने र आधा घण्टा त्यसै छाड्ने त्यसपछि सफा पानीले अनुहार पखाल्नुपर्छ। लसुनको रस निकालेर उक्त रस कपासले अनुहारको कालो दाग धब्बा भएको ठाउँमा लगाउनुपर्छ।अनुहारको कुनै पनि दाग हटाउन लसुन र महको पेस्ट बनाएर स्क्रब गर्न सकिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २७ गतेको राशिफल

    आज असोज २७, २०८२ (अक्टोबर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतमा घरेलु कामदारको नाममा फस्टाउँदै मानव बेचबिखन, नेपाली दुतावास मौन !

    हिमालीसंचार कुवेत। नेपालमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जान बाध्य हुन्छन्। वैदेशिक रोजगारमा अहिले पछिल्लो...

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...