News Portal

स्वास्थ्य बीमा ५० प्रतिशत परिवारलाई कार्यक्रममा आबद्ध गराउने सरकारको तयारी

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको हो ।

स्वास्थ्य बीमामा आबद्ध घरपरिवार सङ्ख्या हाल ३३ प्रतिशत छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीलाई बुझाएका छन् ।

यस्तै, बोर्डले बीमाको सूचना प्रविधिका लागि नयाँ सफ्टवेयर निर्माण गर्ने भएको छ । ‘विपन्न कार्यक्रम अन्तर्गत दिइँदै आएको कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि २०७८’ सञ्चालनमा रहेको कार्यक्रमलाई बीमा व्यवस्थापन सूचना प्रणाली ‘आइएमआइएस’मा आबद्ध  गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिका साथै अन्य व्यवस्थापन गरिने बसौलाले बताए ।

यस्तै, दाबी मूल्याङ्कन प्रक्रियाबाट रकम भुक्तानी गर्दा धेरै समय व्यतीत भई दाबी फर्स्योट प्रक्रियामा ढिलाइ भएको अवस्थालाई मध्यनजर गर्दै दाबी मूल्याङ्कनका लागि तेस्रो पक्ष व्यवस्थापन ‘टीपीए’ प्रविधिलाई परीक्षण गरी लागु गरिने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले दाबी प्रक्रिया र बीमा व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक संस्था, दर्ता अधिकारी र दाबी मूल्याङ्कन गर्ने जनशक्तिको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा एकीकृत तालिम प्याकेज निर्माण गर्ने भएको छ ।

सूचना प्रविधिको प्रयोग गरी बीमितको दर्ता अनलाइन प्रणालीबाट गर्ने पद्धति सुरुवात गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ । यस्तै, वैदेशिक रोजगारीमा जाने व्यक्तिको परिवार र सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने पहल भइरहेको जनाइएको छ ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठयक्रम समावेश गर्न पहल गर्ने पनि बसौलाले बताए । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक स्वास्थ्य संस्था, प्रदेश समन्वय कार्यालय, जिल्ला समर्पक कार्यालय र दर्ता सहयोगीसम्म प्रयोग हुने गरी चेकलिष्ट र सूचक सहितको अनुगमन तथा मूल्याङ्कन निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

हाल ४५० वटा प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरूसँग सम्झौता गरी नागरिकलाई स्वास्थ्य बीमा सेवा प्रदान भइरहेको छ । नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने र कुनै पनि नागरिकलाई आकस्मिक सेवाबाट  वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिने उल्लेख छ ।

आधारभूत स्वास्थ्य सेवाले नसमेटेका सेवाहरू स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकहरूलाई सुनिश्चित गर्दै सन् २०३० सम्म सर्वव्यापी स्वास्थ्यको पहुँच र दिगो विकास लक्ष्यमा पुग्नका लागि स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले चालेको कदममध्ये स्वास्थ्य बीमा कार्यक्रम महत्त्वपूर्ण हुने बताइएको छ ।

२०७२ चैत २५ गते कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लाको ७४६ वटा स्थानीय तहमा लागू भइसकेको छ । हालसम्म बीमा कार्यक्रममा १७ लाख ४३ हजार ४७ परिवार अर्थात् ३२ दशमलव १४ प्रतिशत परिवार र ५६ लाख ५७ हजार ७२५ अर्थात २१ दशमलव ३५ प्रतिशत नागरिक आबद्ध भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...