
लण्डन – अभिनेत्री मिरुना मगरले बेलायतको ब्रेनेल विश्वविधालयबाट स्नाककोत्तर उतीर्णसंगै ब्रेन गोल्ड अवार्डद्वारा सम्मानित समेत भएकी छिन्।
मगरले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उक्त विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन्। उनले सामाजिक सञ्जालबाट खुसी साट्दै उतारचढावसहित आफूले यो उपलब्धि हासिल गरेको उल्लेख गरेकी छन्।
उनले सामाजिक संजाल फेसबुकमा लेख्छिन्, ‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यस बीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु। कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ। यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ। मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु।’