News Portal

पाथीभरामा केबलकार नबनाउन किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङको माग

हिमालीसंचार संवाददाता
२१४ पटक

पाँचथर – किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेका छन् । सदरमुकाम फुङलिङमा पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै किरात याक्थुम चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङवोले जबरजस्ती केबलकार निर्माण नगर्न माग गरिन् ।

फुङलिङ नगरपालिकाले केबलकार निर्माणको म्याद थप गरिदिएपछि चुम्लुङ र संघर्ष समितिले विज्ञप्ति जारी गर्दै यदि केबलकार निर्माण गरिए आफूहरू त्यसको विरोधमा उत्रिने जनाएका छन् । याक्थुङ लिम्बूहरूको मुन्धुमी पवित्र स्थल भएको र केबलकार निर्माण गर्नाले त्यस क्षेत्रका पर्यावरणमा समेत गम्भीर असर पर्ने भएकाले निर्माण गर्नु उपयुक्त नहुने दाबी गर्दै आएका छन् ।

नगरपालिकाले असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाको निर्णय राजपत्रमा प्रकाशित भएपछि असार ३० गते पाथीभरा माता केबलकार कम्पनीले म्याद थप गरेको हो ।

२०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना नभएकाले संशोधन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उक्त कार्यविधिमा चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...