News Portal

मोरङको रंगेली नगरपालिकाले अतिवित्पन्न घर परिवारका लागि चौपाया वितरण गर्यो

हिमालीसंचार संवाददाता
४१९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले अतिवित्पन्न घरपरिवारका लागि सबल उद्धमी बनाउने उदेश्यले नगरका अतिवित्पन्न घर परिवारका कृषकका लागि चौपाया वितरण गरेका छन्।

रंगली नगरपालिकाले विभिन्न समयमा कृषकहरुलाई सबल बनाउने उदेश्यले नगरभित्र विभिन्न कार्यक्रमहरु संचालन गर्दे आईरहेको छ । सोही कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका वडा नं. ३ स्थित शान्ति आर्यघाटमा एक कार्यक्रमको आयोजना गरी अतिवित्पन्न कृषकका लागि चौपाया वितरण गरेको हो ।   

नगरपालिकाको सहयोग र उद्योग बाणिज्य मन्त्रालय अन्तर्गत गरीब निवारण लघु उद्यमीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बर्षिक रुपमा ३८ हजार रुपैयाँसम्मका आम्दानी हुने र आफ्नो आर्थिक अवस्था कमजोर भएका १० घर परिवारलाई एक माउ गाई र बाछी वितरण गरेको हो। नगरभित्रका कृषकहरुलाई गाई छनोटमामा विवाद नहोस् भनेर सहभागीहरुको सुझावका आधारमा प्रत्येक गाईको जिउमा नम्बर लेखर सोहि वमोजिम गोला प्रथाद्वारा गाई वितरण गरिएको  थियो । 

आयोजित कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख दिलिप बगडिया, नगर उपप्रमुख भुमा पराजुली,  वडा नम्वर ३ का अध्यक्ष भरत प्रसाईं , सलिना बास्के लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति ररेको थियो।

गरिब निवारण लघु उद्यमीका सहज कर्ता दुर्गा न्यौपानेका अनुसार नगरले  बिगत बर्षदेखि यस्ता कार्यक्रमको सुरुवात गरेको र कृषकहरुलाई बंगुर पालन, गाई, वाख्रा पालनका बिषयमा तालिममा सहभागीहरुलाई गाई वितरण गरेको दाहालले हिमालीसंचारडटकमसंग बाताईन् ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...