News Portal

इटहरीको विरेन्द्र चोकमा जडान गरिएको ट्राफिक लाइटको परिक्षण हुँदै

हिमालीसंचार संवाददाता
२०९ पटक

विनोद राई/इटहरी – इटहरी उपमहानगरपालिका इटहरीको मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको छ । जडान गरिएको लाइटको परिक्षण सुरु गरिएको छ ।

इटहरीको ट्राफिक व्यबस्थापन गर्न २६ लाख ८७ हजार रुपैयाको लागतमा लाइट जडान गरिएको हो । इटहरीमा विगत केही वर्षदेखि सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको हुँदा ट्राफिक लाइट जडान गरिएको हो ।

इटहरीको महेन्द्र र कोशी राजमार्ग आपसमा जोडिएको इटहरीको मुख्य चोकमा सवारी साधनका साथै पैदलयात्रीका कारण लामो समयसम्म जाम हुन थालेपछि ट्राफिक लाइटको आवश्यकता महसुस गरिएपछि ट्राफिक लाइट जडान गरिएको हो। 

जडान गरिएको ट्राफिक लाइटको सिग्नल कन्ट्रोल ट्राफिक कार्यलयबाटै गरिनेछ । आगामी साउन १ गतेबाट ट्राफिक सिग्नलको प्रयोग गरेर सवारी नियन्त्रण गरिने ट्राफिक प्रहरीको योजना छ ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...