
विनोद राई/इटहरी – इटहरी उपमहानगरपालिका इटहरीको मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको छ । जडान गरिएको लाइटको परिक्षण सुरु गरिएको छ ।
इटहरीको ट्राफिक व्यबस्थापन गर्न २६ लाख ८७ हजार रुपैयाको लागतमा लाइट जडान गरिएको हो । इटहरीमा विगत केही वर्षदेखि सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको हुँदा ट्राफिक लाइट जडान गरिएको हो ।
इटहरीको महेन्द्र र कोशी राजमार्ग आपसमा जोडिएको इटहरीको मुख्य चोकमा सवारी साधनका साथै पैदलयात्रीका कारण लामो समयसम्म जाम हुन थालेपछि ट्राफिक लाइटको आवश्यकता महसुस गरिएपछि ट्राफिक लाइट जडान गरिएको हो।
जडान गरिएको ट्राफिक लाइटको सिग्नल कन्ट्रोल ट्राफिक कार्यलयबाटै गरिनेछ । आगामी साउन १ गतेबाट ट्राफिक सिग्नलको प्रयोग गरेर सवारी नियन्त्रण गरिने ट्राफिक प्रहरीको योजना छ ।