News Portal

  • आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह्र ‘लौरो’

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    काठमाडौं – निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । आयोगमा अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय केन्द्रिय समिति रहेको पार्टीले चुनाव चिन्ह लौरो पाएको छ ।

    बिहीबार आयोगमा दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । छोटकरीमा (हानेपा) नाम रहेको दल १८८ नम्बरमा दर्ता भएको हो ।

    दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया तामाङ, कल्पना न्यौपाने लगायत सदस्य रहेका छन् । आयोगमा हाल दल दर्ता गर्नेको संख्या १ सय १३ दल पुगेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...