News Portal

मोरङ कारागारमा ४८ जना कैदीबन्दीलाई ज्वरो, कोरोना संक्रमित भएर २३ जना अस्पताल भर्ना

हिमालीसंचार संवाददाता
२०१ पटक

विराटनगर – मोरङको विराटनगर वडा नं. ८ स्थित जिल्ला कारागारभित्र कोरोना संक्रमित भएर अस्पताल भर्ना हुने कैदीबन्दीको संख्या २३ पुगेको छ । संक्रमितलाई कोशी कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ४८ जना ज्वरो आएका कैदीबन्दीको नमूना संकलन गरिएको छ । यसअघि, कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भइसकेको छैन ।

कारागारभित्र मृत्यु हुनेमा ३९ वर्षीय कैदी निरबहादुर नेपाल छन् । उनको मृत्यु कोरोनाका कारण नभएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए । स्थानीय प्रशासनले कारागारका सबै कैदीबन्दीहरुलाई कोरोना विरुद्ध लगाइएको खोपको विस्तृत विवरण पनि माग समेत गरेको छ ।

गत शुक्रबार आकस्मिक बसेको कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कोशी कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

यस्तै कोभिड अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने, आम नागरिकमा सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्ने, संक्रमण जोखिमका बारेमा नागरिकलाई जानकारी गराउने लगायतका निर्णय गरेको छ ।

मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी छन् । कारागारमा महिला ब्लकमा भने कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कोरोना संक्रमण हुने सबै कैदीबन्दी पुरुष हुन् । 

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...